तालिबानले अहिले मुलुक छाडेर भागेका मानिसहरु घर फिर्ता नआउँदासम्म उक्त घर भाडामा दिनुपर्ने बताएको छ । तालिबानले काबुलमा आफ्नो घर छाडेर भागेका मानिसहरुको घर भाडामा दिइने बताएको हो ।
अफगानिस्तानमा अहिले गम्भीर आर्थिक संकट देखिएको अवस्थामा तालिबानले यस्तो घोषणा गरेको हो । यसबाट हुने आम्दानी मुलुकको केन्द्रीय बैंकलाई दिइने तालिबानले बताएको छ ।
यसरी उठेको भाडा केन्द्रीय बैंकमा जम्मा हुनेछ । तर, घर मालिक फर्किएपछि भने उनीहरुले यसमध्येको केही हिस्सा पाउनेछन् । १५ अगष्टमा तालिबानले काबुललाई कब्जामा लिएसँगै हजारौं मानिसले मुलुक छाडेका छन् । यो क्रममा अमेरिका र उसका सेनाले मात्र एक लाखभन्दा धेरै मानिसको उद्धार गरेका थिए ।
तालिबानले बुधबार अरबी भाषाको ट्वीटर एकाउन्टबाट यस्तो घोषणा गरेको हो । यस्तै, प्रतिबन्धको कारण अफगानिस्तानमा मुद्रास्फीतिदर उच्च विन्दुमा पुगेको छ भने नगदको अभाव देखिएको छ ।तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै पश्चिमा मुलुकले अफगानिस्तानको अन्तर्राष्ट्रिय कोष फ्रिज गरेका छन् । यसमा मुलुकको केन्द्रीय बैंकको आईएमएफमा रहेको पुँजी पनि सामेल छ ।
-एजेन्सी
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु