पोखरा महानगरपालिकाको गेट अगाडि नै रहेको यात्रु प्रतिक्षालयमा गरिएको मदिराको विज्ञापन हटाइएको छ ।
पोखरामा राष्ट्रिय फुटसल जारी छ । यसै फुटसलको प्रचार स्वरुप पोखराको ठाउँ ठाउँमा आयोजकले मदिरा कम्पनीको प्रायोजित विज्ञापन गरेको थियो । महानगर अगाडिको प्रतिक्षालयसहित पोखराका अन्य विभिन्न स्थानमा रहेका यात्रु प्रतिक्षालयहरुमा फुटसलबारे गरिएको प्रचार सामाग्रीमा मदिराको समेत विज्ञापन समावेश थियो ।
‘अब पालो फुटसलको’ लेखिएको प्रचार सामाग्रीमा रक्सीको विज्ञापन गरिएको थियो । उक्त सामाग्रीलाई लिएर समाजिक सञ्जालहरुका चौतर्फी आलोचना भएको थियो ।
नागरिक समाज, वडा अध्यक्षलगायत सर्वसाधारणबाट समेत चौतर्फी विरोध भएपछि ती सामाग्री हटाइएको महानगर श्रोतले जनाएको छ । सार्वजनिक स्थलहरुमा चुरोट, सूर्ती तथा मदिराजन्य पद्धार्थको प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ ।
नागरिक समाज पोखराका संस्थापक संयोजक रामबहादुर पौडेलले नियम विपरित राखिएको उक्त मदिराको विज्ञापन स्वास्थ्य प्रतिकूल समेत भएकाले विरोध गरिएको जनाएका छन् । उनले यो विज्ञापन हटाउन अभियान नै चलाएका थिए ।
पहिले

अहिले

पहिले

अहिले

पहिले

अहिले

सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा