गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि आइतबारदेखि पठनपाठन शुरु गर्ने भएको छ ।
नेपालमै पहिलो पटक खेलकुद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) र ब्याचलर्स इन इन्फर्मेशन टेक्नोलोजी (बीआइटी) विषयको पढाइ सुरु गर्नुअघि विश्वविद्यालयले पहिलो सत्रमा भर्ना भएका विद्यार्थीलाई उत्प्रेरणा र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रम शुभारम्भ गर्दै विश्वविद्यालय न्यायिक परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जान सक्ने गरी जनशक्ति उत्पादन गरिने बताए ।
‘नेपालको इतिहासमा पहिलो पटक विश्वविद्यालयमा यति ठूलो आकर्षण देखिनु हामी सबैका लागि गौरवको विषय हो’ उनले भने, ‘गण्डकी प्रदेशको विशिष्टतालाई ध्यान दिँदै कुनकुन मोडलमा अध्यापन गराउन सकिन्छ त्यसबारे विश्वविद्यालय गम्भीर भएर अगाडि बढ्नेछ ।’
गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले विश्वविद्यालय स्थापनाको सुरुआतमै स्नातक तहमा खेलकूद व्यवस्थापनको अध्ययन सुरु हुनु खुसीको विषय भएको बताए ।
प्रदेशमा खेलकुद पर्यटनको सम्भावना रहेकाले पनि यो विषयमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्दै उनले सर्टिफिकेटभन्दा पनि व्यवसायिक जनशक्तिको आवश्यकता औंल्याए ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्लेले प्रदेशको विशिष्टितालाई आत्मसात् गर्दै प्रदेशको समृद्धिका लागि विश्वविद्यालयले आफ्ना योजना अघि बढाउने बताए ।
हालका लागि दुई विषयमा अध्ययन शुरु गरिए पनि चाँडै नै बिफार्मको अध्यापन सुरु गरिने जानकारी दिँदै उपकुलपति प्रा।. डा. नवराज देवकोटाले युरोप तथा अमेरिकाका ख्यातिप्राप्त विश्वविद्यालयसँग सम्झौता गरी विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको अध्ययन अध्यापनमा जोड्ने तयारी गरिरहेको बताए ।
उक्त विश्वविद्यालयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ (विएसएम) मा १६, व्याचलर्स इन इन्फरमेशन टेक्नोलोजी (विआइटी) मा ३१ र विफार्ममा २० गरी ६७ विद्यार्थी भर्ना भएका छन् ।
रासस
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ