आशिष पुरी, पोखरा । राष्ट्रिय जनगणना २०७८ मा पहिलो पटक हिमोफिलिया भएका व्यक्तिको गणना हुने भएको छ । कार्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुने १२ औँ राष्ट्रिय जनगणनामा हिमोफिलिया भएका व्यक्तिको तथ्यांक संकलन हुने भएको हो । सरकारले हिमोफिलिया भएका व्यक्तिहरुलाई अपांगता ऐनभित्र राखेको छ । साथै अपांगता सूचीमा हिमोफिलियालाई दसौं नम्बरमा राखिएको छ ।
हिमोफिलिया सोसाइटी नेपालले राष्ट्रिय जनगणना जारी रहेकाले आफ्नो पहिचान स्पष्ट दिएर जनगणनामा नछुट्न हिमोफिलिकहरुलाई आग्रह गरेको छ । सोसाइटीको गण्डकी प्रदेश समितिले पोखरामा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी यस्तो आग्रह गरेको हो ।
नेपालका करिब ३५ सय हिमोफिलिकहरु रहेको अनुमान गरिएपनि सोसाइटीसंग ७५० जनाको मात्र तथ्यांक छ । नेपालमा कति हिमोफिलिक छन् भन्ने स्पष्ट जानकारी राष्ट्रिय जनगणना सार्वजनिक हुने भन्दै यसमा आफ्नो पहिचान नलुकाउन सोसाइटीले आग्रह गरेको हो ।
हेमोफिलिया व्यक्तिको अधिकार अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐनमा स्पष्ट गरिसकेको भन्दै सोसाइटीले हिमोफिलिकको तथ्यांक अनुसार नयाँ रणनीति बनाएर अघि बढ्न खोजेको जनाएको छ ।
छलफलमा सहभागी मानवअधिकार अपांगता निर्देशक समितिका सदस्य उमेश दर्लामीले सोसाइटीमार्फत नेपालका सातवटै प्रदेशमा केयर युनिट सञ्चालनको तयारी गरिरहेको जानकारी दिए । उनले हेमोफिलियाको बाच्न पाउने अधिकार सुनिश्चित गर्न सोसाइटी लागिपरेको बताए ।
सोसाइटीका अग्रज रेशमलाल रानाभाटले आफूहरुको समस्या निकै कारुणिक र पीडादायी भएको बताए । आफूहरुको समस्यामा राज्य र राज्यका निकायहरुले विशेष ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिए ।
सोसाइटीका केन्द्रीय सदस्य रामकृष्ण बोगटीले २०४९ सालदेखिनै संस्था क्रियाशील रहेर हिमोफिलिकको हक हितमा काम गरिरहेको बताए ।
सोसाइटीका केन्द्रीय सदस्य नीरा कार्कीले आफ्नो अनुभव सुनाउँदै हेमोफिलियाले आफूलाई मात्र अपांग नबनाई सिंगो परिवारलाई नै मानसिक अपांग बनाउने दुखेसो पोखिन् ।
हिमोफिलिया सोसाइटी गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य प्रकाश पौडेल र सचिव श्रीकृष्ण पौडेलले पनि संस्थाको बारेमा चर्चा गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ