एनईए गण्डकीमा सिडेनको एकल प्यानल, केसीको नेतृत्वमा उम्मेदवारी दर्ता

एनईए गण्डकीमा सिडेनको एकल प्यानल, केसीको नेतृत्वमा उम्मेदवारी दर्ता

nea ummedwari (1)

पोखरा । नेपाल इन्जिनियर्स एशोसिएसन (एनईए) को गण्डकी प्रदेश समितिका लागि सिडेनद्वारा ई. बृजेन्द्र केसीको नेतृत्वमा प्यानलकै उम्मेदवारी दर्ता भएको छ । यही कार्तिक १३ गते हुने निर्वाचनका लागि सिडेनले केसीको नेतृत्वमा १५ सदस्यीय टोलीको मनोनयन दर्ता गरेको हो ।

नेपाली काँङ्ग्रेसको शुभेच्छुक संस्था सिडेनले आफूहरु इन्जिनियरको हकहितमा सधैँ अग्रणी भूमिका खेल्दै आएको र अब आउँदा दिनमा पनि सधैं यस्तै भूमिकामा देखा पर्ने प्रतिबद्धताका साथ चुनावमा होमिएको जनाएको छ ।

आसन्न निर्वाचनमा सिडेनद्वारा कुनै संगठनबीच गठबन्धन नगरिकन उम्मेदवारी दर्ता गराएको हो । उक्त समूहबाट एशोसिएनको गण्डकीबाट केन्द्रिय कार्यकारिणी समितिको सदस्यमा ई. रविन्द्र मुलले दर्ता गराएका छन् भने अध्यक्षमा ई. बृजेन्द्र केसी उठेका छन् ।

यस्तै, उपाध्यक्षमा ई. सन्तोष जिसी, सचिवमा ई. अञ्जन थापा, सह–सचिवमा ई. सुवर्ण श्रेष्ठ, कोषाध्यक्षमा खेमराज तिमिल्सिना रहेका छन् । यस्तै सदस्यहरुमा क्रमशः ईं. शिव गोशली, इ. सन्तोष काफ्ले, ई. राजिव सुवेदी, ई. यम कृष्ण पौडेल, ई. गणेश पाण्डे, ई. हेम गुरुङ, ई. रविन्द्र पौडेल, ई. विश्वास आचार्य, ई. सन्दीप बराम, ई. जयन्द्र भट्ट रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ