काँग्रेसको भाग बढ्यो, नेकपा एस र जसपाको घट्यो, नेकपा एसलाई प्रदेश १ र बागमतीमा मुख्यमन्त्री, जसपालाई उपसभामुख
काठमाण्डौ । शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको तेस्रो महिनामा बल्ल मन्त्रीपरिषद् विस्तार गर्न नेताहरु सफल हुँदेछन् । सत्ता गठबन्धन आबद्ध दलहरूबीच मन्त्रालय भागबन्डाको टुङ्गो लागेको छ । गठबन्धन आबद्ध दलहरूका बीचमा भएको नयाँ सहमति अनुसार काँग्रेसको भाग बढेको छ भने माओवादी केन्द्रको भाग यथावत् रहँदै नेकपा एकीकृत समाजवादी र जसपाको भाग घटेको छ ।
नेकपा एसलाई प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री दिने सहमति बनेको छ । यस्तै, जसपालाई प्रतिनिधि सभामा उपसभामुख दिने सहमति गठबन्धन आबद्ध चार दलबीच बनेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको सत्ता गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि मन्त्रालय बाँडफाँडमा नयाँ सहमति बनेको हो । यो सहमतिसँगै मन्त्रीपरिषद्ले भोलि शुक्रवार पूर्णता पाउने भएको छ ।
सहमतिअनुसार काँग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाउने छ । माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा एसले ४ मन्त्री र एक राज्यमन्त्री तथा जसपाले ४ मन्त्री पाउने भएका छन् । यसअघि गत मङ्गलवार भने काँग्रेसले ७, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पाँच-पाँच मन्त्री र एक-एक राज्यमन्त्री पाउने सहमति भएको थियो ।
प्रधानमन्त्री स्वकीय सचिवालयका अनुसार मन्त्रीको सङ्ख्यामा सहमति जुटेको र शुक्रवार शपथका लागि तयारी भइरहेकोछ ।
कसलाई कुन मन्त्रालय ?
कांग्रेसले रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालिका तथा ज्येष्ठ नागरिक, कृषि तथा पशुपक्षी मन्त्रालय लिने भएको हो । कांग्रेसले रक्षा मन्त्रालयका लागि निकै लामो कसरत गरेको थियो ।
कांग्रेसले स्वास्थ्य मन्त्रालय भने छाड्न सहमत भएको एक कांग्रेस नेताले जानकारी दिए । यस्तै कांग्रेससँग गृह, परराष्ट्र र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय यथावत् रहने छ ।
यसैगरी, सत्ता गठबन्धनमा दल माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउने भएको हो । सो दलले अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हाल सम्हाल्दै आएको छ ।
यसैगरी, नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय नेकपा एसको भागमा परेको हो ।
यस्तै, जसपाले चार मन्त्री पाउँदै छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात, सङ्घीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण मन्त्रालय पाउने छ ।
सम्बन्धित खबर
उद्योगी शेखर गोल्छा पक्राउ
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प