माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) ले ११ केन्द्रीय सचिवालय गठन गरेको छ । बिहीबार बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष नेपालको नेतृत्वमा सो सचिवालय गठन गरेको हो ।
सचिवालयमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र मुकुन्द न्यौपाने छन् । राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई सचिवालयमा रहने भएका छन् ।
त्यस्तै पार्टीका महासचिव बेदुराम भुसाल र उपमहासचिवहरू जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र गंगालाल तुलाधर केन्द्रीय सचिवालयमा छन् ।
पछिल्लो समय जल्दोबल्दो रुपमा देखिएकी नेत्री रामकुमारी झाँक्री भने सचिवालयमा नरहेको जनाइएको छ । झाँक्री पनि सचिवालयमा रहने चर्चा थियो तर ११ सदस्यको मात्र सचिवालय बनेकोले उनको नाम नभएको बताइएको छ । झाँक्रीलाई मन्त्री र पार्टी सचिव दिनु नै ठूलो रहेको नेकपा एसका नेताहरु बताउँछन् ।
सम्बन्धित खबर
देश चलाउन सहकारी ठगेजस्तो हुँदैनः प्रधानमन्त्री
रवि लामिछानेको मानव अधिकार रक्षा गरियोस् : ज्ञानेन्द्र शाही
प्रधानमन्त्रीले भने– ‘नेपाल चीन सहकार्यका बारेमा भारतीय मिडियाले गरेको टिप्पणी राम्रो भएन’
प्रधानमन्त्री ओली चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता
प्रचण्डलाई ‘गणतन्त्र नायक’ सम्मान
स्थानीय तह उपनिर्वाचन: सबै स्थानको नतिजा सार्वजनिक
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
घट्यो सुनको मूल्य