फेसबुकमार्फत आकर्षक जागिर मिलाइदिने विज्ञापन गर्दै झण्डै ४५ सय जनालाई ठगी गरेको आरोप लागेका स्याङ्जा फेदीखोलाका कृष्ण पौडेल (केशव) जेल चलान भएका छन् ।
कास्की जिल्ला अदालतले धरौटी माग गरेको १० लाख रुपैंया बुझाउन नसकेपछि २२ वर्षीय पौडेल जेल चलान भएका हुन् । स्याङ्जा फेदीखोला गाउँपालिका ४ आरुखर्क, लप्सिबोट घर भई पोखरा बसेर तालचोकमा कम्पनी खडा गरी उनले ठगी धन्दा चलाएका थिए ।
अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि पौडेल बुधबार जेल चलान भएको कास्की प्रहरीले जनाएको छ । कास्की जिल्ला सरकारी वकिलको कार्यालयले पौडेलविरुद्ध १६ लाख १८ हजार ३० रुपैयाँ विगो मागदाबी गरेको थियो ।
पौडेल पक्राउ परेपछि ठगीमा परेकाहरुसँग सप्रमाण निवेदन लिँदै कास्की प्रहरीले रकम फिर्ता गराउने प्रक्रिया सुरु गरेको थियो । ठगी आरोपमा पक्राउ परेका पौडेल विरुद्ध ६३८ जनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगिएको प्रमाण पेस गरेका थिए ।
४५ सय जनाबाट १ करोड १० लाख बढी ठगी गरेको आरोप लागेपनि त्यति संख्यामा कास्की प्रहरीमा निवेदन भने परेन ।
पौडेलले पोखरा २७, ताल चोकमा पिजिएस एग्रो एन्ड मल्टिप्रपोज प्रालि नामक कम्पनी स्थापना गरेर सम्पर्कमा आउनेसँग जनही २५ सयका दरले ठगी गरेका थिए। केहीलाई पुनः आवेदन दिन लगाई फेरि पैसा पनि असुलेका थिए ।
सम्बन्धित समाचारः
कृष्णको कालो कर्तुतको कहानीः स्टार होटलमा मासुभात खुवाएर सयौँलाई खुलेआम ठगे [भिडियो]
पोखरामा ठगीको नयाँ धन्दा, समातिए स्याङ्जा फेदीखोलाका कृष्ण पौडेल
कृष्ण ठगी प्रकरणः २५ सय फिर्ता लिन पीडितहरु जिप्रकामा लाइन लाग्न थाले (भिडियो)
कृष्ण ठगी प्रकरणः वास्तविक पीडितलाई नै बदनाम गरी लुट्ने र पत्रकारमाथि हातपात गर्नेहरु प्रहरी खोरमा
पत्रकार कुट्ने र लुटपाटमा उत्रने युवराज र नवराजलाई २४ घण्टा हिरासत राखेर माफ [भिडियो]
पत्रकार अधिकारीमाथि भएको हातपात र घिमिरेमाथि दुर्व्यवहारको महासंघद्वारा भर्त्सना
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’