फेसबुकमार्फत आकर्षक जागिर मिलाइदिने विज्ञापन गर्दै झण्डै ४५ सय जनालाई ठगी गरेको आरोप लागेका स्याङ्जा फेदीखोलाका कृष्ण पौडेल (केशव) जेल चलान भएका छन् ।
कास्की जिल्ला अदालतले धरौटी माग गरेको १० लाख रुपैंया बुझाउन नसकेपछि २२ वर्षीय पौडेल जेल चलान भएका हुन् । स्याङ्जा फेदीखोला गाउँपालिका ४ आरुखर्क, लप्सिबोट घर भई पोखरा बसेर तालचोकमा कम्पनी खडा गरी उनले ठगी धन्दा चलाएका थिए ।
अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि पौडेल बुधबार जेल चलान भएको कास्की प्रहरीले जनाएको छ । कास्की जिल्ला सरकारी वकिलको कार्यालयले पौडेलविरुद्ध १६ लाख १८ हजार ३० रुपैयाँ विगो मागदाबी गरेको थियो ।
पौडेल पक्राउ परेपछि ठगीमा परेकाहरुसँग सप्रमाण निवेदन लिँदै कास्की प्रहरीले रकम फिर्ता गराउने प्रक्रिया सुरु गरेको थियो । ठगी आरोपमा पक्राउ परेका पौडेल विरुद्ध ६३८ जनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगिएको प्रमाण पेस गरेका थिए ।
४५ सय जनाबाट १ करोड १० लाख बढी ठगी गरेको आरोप लागेपनि त्यति संख्यामा कास्की प्रहरीमा निवेदन भने परेन ।
पौडेलले पोखरा २७, ताल चोकमा पिजिएस एग्रो एन्ड मल्टिप्रपोज प्रालि नामक कम्पनी स्थापना गरेर सम्पर्कमा आउनेसँग जनही २५ सयका दरले ठगी गरेका थिए। केहीलाई पुनः आवेदन दिन लगाई फेरि पैसा पनि असुलेका थिए ।
सम्बन्धित समाचारः
कृष्णको कालो कर्तुतको कहानीः स्टार होटलमा मासुभात खुवाएर सयौँलाई खुलेआम ठगे [भिडियो]
पोखरामा ठगीको नयाँ धन्दा, समातिए स्याङ्जा फेदीखोलाका कृष्ण पौडेल
कृष्ण ठगी प्रकरणः २५ सय फिर्ता लिन पीडितहरु जिप्रकामा लाइन लाग्न थाले (भिडियो)
कृष्ण ठगी प्रकरणः वास्तविक पीडितलाई नै बदनाम गरी लुट्ने र पत्रकारमाथि हातपात गर्नेहरु प्रहरी खोरमा
पत्रकार कुट्ने र लुटपाटमा उत्रने युवराज र नवराजलाई २४ घण्टा हिरासत राखेर माफ [भिडियो]
पत्रकार अधिकारीमाथि भएको हातपात र घिमिरेमाथि दुर्व्यवहारको महासंघद्वारा भर्त्सना
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह