आज बडा दशैँको तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरिँदै

आज बडा दशैँको तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरिँदै

dashain-3-chandraghanta

पोखरा । नवरात्री अर्थात् बडा दशैँको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरी मनाइँदै छ । घटस्थापना गरेसँगै शुरुभएको बडा दशैँको आज तेस्रो दिन चन्द्रघण्टा नामले दूर्गा माताको पूजागर्ने गरिन्छ ।

देवीको मस्तकमा चन्द्राकार घण्ट सुसोभित भएका कारण उनलाई चन्द्रघण्टा भनिएको हो । यिनलाई बिर रसको अपूर्व शक्ति मानिएको छ । चन्द्रघण्टा देवीको रुपको पूजाले मनुष्यले राक्षसी तथा भुत प्रेत शक्तिबाट उन्मुक्ति पाउछ भनिएको छ ।

नवरात्रिका नौ दिनमा पहिलो दिन शैलपुत्री र हिजो दोस्रो दिन ब्रहृमचारिणी देवीको पूजा गरिएको छ ।

चौथो दिन भोलि कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ