नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन दिन पनि नटिक्नेगरी प्रधानन्यायाधीशका मान्छेलाई मन्त्री बनाएर प्रधानमन्त्रीले तमासा देखाएको बताएका छन्।
पार्टीको नवनिर्वाचित भरतपुर महानगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले सभापतिले सरकारको नेतृत्व गर्दा पार्टीको बदनाम गर्दै गएको बताए।
‘कोटामा एउटालाई मन्त्री भर्ती गरियो, बनायो दुई-तीन दिनमै राजीनामा दिनुपर्यो,’ उनले भने, ‘यसले पार्टीको बदनाम भएको छ। नेपाली कांग्रेसको इज्जत र प्रतिष्ठामाथि खेलवाड गर्न के पार्टी सभापतिलाई अधिकार छ? प्रधानमन्त्रीलाई अधिकार छ?’
नेता पौडेलले अबका निर्वाचनमा अन्य पार्टीको चुनाव चिन्हमा भोट हाल्न नपर्ने गरी पार्टीलाई अघि बढाउन आफू लाग्ने बताए।
‘अबको निर्वाचनमा हाम्रो पार्टीका कार्यकर्ताले हँसिया, हथौडा, सूर्य, हलो कुनै पनि चिन्हमा भोट हाल्न नपर्नेगरी अघि बढ्छौं,’ उनले भने, ‘तपाईंहरूले पार्टीको नेतृत्व चुन्दा विचार पुर्याउनुहोला।’
पौडेलले पार्टीको अहिलेको नेतृत्वले कार्यकर्ताको भावना नबुझी अरू पार्टीका मान्छेलाई भोट हाल्न लगाएर आत्मसम्मानमा चोट पुर्याएको बताए।
नेपाली कांग्रेसका कार्यकर्ताले विगतमा संसदीय चुनावमा राप्रपाका नेता विक्रम पाण्डे र भरतपुरको मेयरको चुनावमा माओवादी केन्द्रकी रेनु दाहाललाई भोट हालेका थिए।
सम्बन्धित खबर
निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
निर्वाचन आयोग आचारसंहिता पालना गराउन सक्रिय, २१ जनालाई स्पष्टीकरण सोधियो
बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?
नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो
सहिदका आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलीः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो