पछिल्लो २४ घण्टामा देशभरका ७८५ जनामा कोरोना पुष्टि, ८८८ कोरोनामुक्त

पछिल्लो २४ घण्टामा देशभरका ७८५ जनामा कोरोना पुष्टि, ८८८ कोरोनामुक्त

corona covidd

पछिल्लो २४ घण्टामा देशभरका ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धी दैनिक अपडेट अनुसार ७ हजार २३३ पिसिआर र ४ हजार ९६२ जनाको एन्टिजेन गरी कूल १२ हजार १९५ जनाको परीक्षण गर्दा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

पछिल्लो २४ घण्टामा देशभरबाट ८८८ जना कोरोनामुक्त भएका छन् भने, सोही अवधिमा १२ जनाले ज्यान गुमाएका छन्। हाल देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ