नेपालीहरूको महान् चाड बडादसँैको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने बडा दशैँ पर्व आज मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।
आजको दिन भगवतिले दानवी शक्तिमाथि र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । यस वर्ष टिकाको साइत बिहान १० बजेर २ मिनेटमा उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर, विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने पनि समितिले जनाएको छ । समितिका अनुसार टीका लगाई दिने मानिस पूर्व र लगाइमाग्ने मानिस पश्चिम फर्किएर टिका लगाएमा सुभ हुने जनाएको छ ।
आज बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवी विसर्जन गरिने साइत रहेको छ । ठूलाबडा र मान्यजनबाट दशैंको टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।
आजदेखि कोजाग्रत पूर्णिमा दिनसम्म मान्यजनबाट दुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटोमा भीड लाग्ने गर्दछ । तर सरकारले भने कोरोना संक्रमणका कारण घरका परिवारमा मात्रै दशैं मनाउन आग्रह गरेको छ ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो