आज विजयादशमी, उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

आज विजयादशमी, उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

dashain-festival

नेपालीहरूको महान् चाड बडादसँैको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने बडा दशैँ पर्व आज मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

आजको दिन भगवतिले दानवी शक्तिमाथि र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । यस वर्ष टिकाको साइत बिहान १० बजेर २ मिनेटमा उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर, विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने पनि समितिले जनाएको छ । समितिका अनुसार टीका लगाई दिने मानिस पूर्व र लगाइमाग्ने मानिस पश्चिम फर्किएर टिका लगाएमा सुभ हुने जनाएको छ ।

आज बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवी विसर्जन गरिने साइत रहेको छ । ठूलाबडा र मान्यजनबाट दशैंको टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

आजदेखि कोजाग्रत पूर्णिमा दिनसम्म मान्यजनबाट दुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटोमा भीड लाग्ने गर्दछ । तर सरकारले भने कोरोना संक्रमणका कारण घरका परिवारमा मात्रै दशैं मनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ