महाकाली नदीमा अहिलेसम्मकै भीषण बाढी, कञ्चनपुरमा दुई सय घर डुबानमा

महाकाली नदीमा अहिलेसम्मकै भीषण बाढी, कञ्चनपुरमा दुई सय घर डुबानमा

badhi

लगातारको वर्षाका कारण महाकाली नदीमा अहिलेसम्मकै भीषण बाढी आएको छ ।

महाकालीसँगै जोगबुढा नदीमा आएको बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए ।

बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको सडकमा पनि क्षति पुर्याएको छ ।

आइतबारदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा भइरहेको लगातारको वर्षापछि महाकाली लगायतका नदीहरुमा बाढी आएको छ । हालसम्म मानवीय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ