सुदूरपश्चिममा बाढी पहिराेको वितन्डा : तीन जनाकाे मृत्यु, एक बेपत्ता

सुदूरपश्चिममा बाढी पहिराेको वितन्डा : तीन जनाकाे मृत्यु, एक बेपत्ता

Majhfat pahiro 3

प्रतिकात्मक तस्वीर

सुदूरपश्चिममा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ । सोमबार देखिकाे अविरल वर्षाका कारण आएको पहिरोमा परी तीन जनाको मृत्यु भएको हो।

घटनामा एक जना घाइते भएका छन् भने एक जना बेपत्ता रहेकाे बताइएकाे छ ।

आइतबार राति आएको वर्षाका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय डोटीले जनाएकाे छ।

यस्तै, डडेलधुराको गन्यापधुरा गाउँपालिका १ भात्काँडामा पहिरोमा परी ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रहरीले जनाएकाे छ ।

गोदावरी नगरपालिका– ८ स्याउलेका ३० वर्षीय गणेश आउजी खुटिया नदीकाे पुलछेउमा ढुंगा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ