केही दिन देखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपदमा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।
अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसरीमा दुई, कालिकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको उनले जानकारी दिइन् । उनले पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका बताइन् । अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० को उद्धार गरिएको छ ।
प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।
जसका कारण अहिले हाल देशको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
सम्बन्धित खबर
सरकारको भय र महाअभियोगको डरबाट बाहिर निस्कनुस्, लडाइँ बाँकी छ: सपना प्रधान मल्ल (मन्तव्यको पूर्णपाठ)
रास्वपाको सचिवालय बैठकमा अनुशासनको कारबाहीदेखि जिल्ला समिति विघटनसम्मका एजेन्डा
एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, १० दिनको समयसीमा
रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै
सर्वोच्चले भन्यो– ‘सुकुमवासीलाई जबर्जस्ती नहटाउनू’
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरेविरुद्ध पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा