देशभर बाढीपहिरोमा परी मृत्यु हुनेकाे संख्या ५२ पुग्याे, ३० जना बेपत्ता

देशभर बाढीपहिरोमा परी मृत्यु हुनेकाे संख्या ५२ पुग्याे, ३० जना बेपत्ता

badhi-ilam

गएको आइतवारदेखि भएको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ५२ जनाको ज्यान गएको छ । बाढी, पहिरो र डुबानमा परेर ३० जना हराइरहेका छन् ।

गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा सबैभन्दा धेरै डोटीमा १३ जना र इलाममा ११ जना रहेका छन् । यस्तै हुम्ला, धनकुटा र पाँचथरमा ६/६ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

बैतडीमा चार, कालीकोटमा एक, डडेल्धुरामा एक, प्युठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एक जनाको ज्यान गएको गृह मन्त्रालका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

यस्तै, पहिरोमा परेर बझाङमा २३ जना बेपत्ता भएका छन् । साथै प्युठानमा दुई जना र इलाममा पाँच जना बेपत्ता भएका छन् । बाढी, पहिरो र डुबानमा परेर विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ