धादिङकाे गजुरीमा गुडिरहेको बसमा आगलागी

धादिङकाे गजुरीमा गुडिरहेको बसमा आगलागी

bus-aago-dhading

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ ।

गएराति सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

करिब ३६ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेका छन् । बसमा रहेको सामान भने सबै जलेर नष्ट भएको छ । यात्रुहरू भाग्यले बाँचेकाे र यत्राे आगलागीमा कसैलाइ केही हुन नपाएकाे एक यात्रुले बताए ।

धादिङ प्रहरीले भने बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको जनाएको छ । बस जलेपछि राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीकाे सहयाेगमा आगो नियन्त्रणमा लिइएकाे थियाे । आगो लाग्नुको कारण यकीन नभए पनि वायरिङमा सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds