काठमाडौं । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले २०८३ भदौ महिनामा आफूले प्राप्त गर्ने मासिक सुविधा दुई किस्तामा राहत कोषमा हस्तान्तरण गरेका हुन् । उनले पहिलो किस्ता भदौ १६ गते र दोस्रो किस्ता भदौ ३१ गते जम्मा गरेका हुन् ।
प्राकृतिक विपत्तिका कारण भोटेकोशी क्षेत्रका नागरिकले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको अवस्थामा प्रभावित परिवारको राहत र पुनर्स्थापनामा आफ्नो तर्फबाट समेत योगदान पुगोस् भन्ने उद्देश्यले एक महिनाको सुविधा प्रदान गरेको प्रदेश प्रमुख देवकोटाले बताए ।
बाढीबाट प्रभावित नागरिकको अवस्था बुझ्न प्रदेश प्रमुख देवकोटा स्वयं भदौ १३ गते नुवाकोटको विदुरस्थित त्रिशूली नदी क्षेत्रमा पुगेका थिए । स्थलगत रूपमा प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्दै उनले विपत्तिबाट प्रभावित नागरिकको पीडा र आवश्यकताबारे जानकारी लिएका थिए ।
भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोले ठूलो क्षति पुर्याएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न तह र क्षेत्रबाट सहयोग जुटिरहेको छ। प्रदेश प्रमुख देवकोटाको यो सहयोग पनि विपत्तिमा परेका नागरिकलाई राहत पुर्याउने प्रयासकै एक हिस्सा हो।
प्रदेश प्रमुख देवकोटाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यलाई थप तीव्र बनाउन सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरे ।
उनले विपत्तिको यस कठिन समयमा प्रभावित नागरिकलाई एक्लो महसुस हुन नदिन सबै नागरिक, संघसंस्था तथा सरकारी तथा गैरसरकारी निकायलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत अपिल गरेका छन् ।
“संकटको यस घडीमा सबै एकजुट भएर प्रभावित नागरिकको साथमा उभिन आवश्यक छ,” भन्ने भावनासहित प्रदेश प्रमुख देवकोटाले राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग र सहकार्यका लागि आग्रह गरेका हुन् ।
सम्बन्धित खबर
भोटेकोशी बाढीपीडितका लागि बागमती प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको तलब सहयोग
जेनजी आन्दोलनमा प्रहरीलाई आमाबारे सोच भन्ने व्यक्तिले नै गरे आमाको हत्या
गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा
गल्छीमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन