नेकपा एमाले अध्यक्ष केपी ओलीले उपाध्यक्ष भीम रावलले जिम्मेवारी पूरा गर्न नसकेर दशबुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकबाट राजीनामा दिएको बताएका छन् । रावलको राजीनामालाई धेरै महत्व दिन आवश्यक नभएको उनको तर्क छ ।
‘उहाँ (रावल)ले राजीनामा केको गर्नुभो ? सहजीकरणको संयोजक हुनुहुन्थ्यो, सहजीकरण गर्न मैले सकिनँ, त्यसकारण मेरो राजीनामा भन्नुभो,’ रावलको राजीनामाबारे अध्यक्ष ओलीले पत्रकारहरूसँग भने, ‘यो त्यत्रो ठूलो कुरा नै होइन, उहाँको राजीनामा लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन ।’
दशबुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाउँदै शुक्रबारको स्थायी समिति बैठकमा उपाध्यक्ष रावलले पाँच पृष्ठको असहमतिपत्र दिँदै कार्यदल संयोजकबाट राजीनामाको घोषणा गरेका थिए । तत्कालीन एमालेमा सुदूरपश्चिम इन्चार्ज रहेका रावलले आफ्नो हकमा सहमति लागू नगरिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । अध्यक्ष ओलीले भने संकटका वेला सांसद पद त्यागेर भए पनि आफूलाई साथ दिएकाले दशबुँदे सहमतिका नाममा पूर्वमाओवादी समूहतर्फका नेताहरूको जिम्मेवारी हेरफेर नगर्ने अडान राख्दै आएका छन् ।
अध्यक्ष ओलीले एमाले एकढिक्का रहेको दाबी गर्दै पार्टीमा कुनै समूह नरहेको बताए । विभाजन छोडेर एमालेमै बसेका रावलसहित स्थायी समितिका दश नेताहरूलाई सञ्चारमाध्यमहरूले तेस्रो धार समूह या दश नेताको समूहका रूपमा सम्बोधन गर्दै आएका छन् ।
तर, ओलीले भने पार्टीमा त्यस्तो समूह नै नरहेको बताए । ‘को दश भाइ ? दशजना भन्ने कुरा नै होइन नि ! दशजना माथिका साथीहरू हुनुहोला, अरू तलका हुनुहोला । दशजना र १२ जना भन्ने कुरै छैन । हाम्रो पार्टी एकदम एकढिक्का छ,’ दशबुँदे सहमति कार्यान्वयनको मागबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘बाँकी केही छ, त्यो हुन्छ ।’
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ