एमाले वडा अधिवेशन: एकै दिन देशभर अधिवेशन गरेर सांगठनिक सक्रियता बढायो

एमाले वडा अधिवेशन: एकै दिन देशभर अधिवेशन गरेर सांगठनिक सक्रियता बढायो

uml odaa

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एकै दिन देशभर पार्टीको वडा अधिवेशन गरेर सांगठनिक सक्रियता देखाएको छ ।

शनिबार सम्पन्न वडा अधिवेशनहरूबाट एमालेले पार्टीको तल्लो तहमा नयाँ नेतृत्व चयन गरेको छ । तत्कालीन माओवादी केन्द्रसँगको एकीकरण तीन वर्ष नपुग्दै टुटेपछि र पार्टी फुटेको करिब दुई महिनापछि एमालेले तल्लो तहको अधिवेशन आयोजना गरेको हो । वडा अधिवेशनपछि ९ कात्तिकमा एमालेले देशभरका सात सय ५३ वटै पालिकामा अधिवेशन सम्पन्न गर्दै छ ।

दुई तिहाई नजिकको सरकारबाट बाहिरिएसँगै पार्टी विभाजनको मारमा परेको एमालेले देशभरका कार्यकर्तालाई एकैपटक जागरुक गराउनका लागि देशभर पार्टीको निर्वाचनको माहोल सिर्जना गरेको छ । पार्टी विभाजनपछि पनि पार्टीका नेताहरूमा असन्तुष्टि भने अझै कायमै रहेका बेला देशभर शनिबार भएको वडा अधिवेशनले भने एमाले कार्यकर्तामा उत्साह जगाएको हुनुपर्छ भन्ने विश्वास लिनु अन्यथा हुनेछैन ।

पार्टी अध्यक्ष केपी ओलीले देशभर भर्चुअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गर्दै देशभरका कार्यकर्तालाई विपक्षीविरुद्ध एक भएर जुट्नसमेत निर्देशन दिए ।

एमालेले यस पटक युवाहरूलाई निकै अगाडि सारेको पाइएको छ । यद्यपी, कपाल पाकिसकेकाहरु नै मूल नेतृत्वमा हाबी छन् । महिला र दलित, अल्पसंख्यक, सिमान्तकृतहरुको अवस्था दयनीय नै देखिएको छ । नेपाली काँग्रेसमा पनि यही समस्या छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ