प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एकै दिन देशभर पार्टीको वडा अधिवेशन गरेर सांगठनिक सक्रियता देखाएको छ ।
शनिबार सम्पन्न वडा अधिवेशनहरूबाट एमालेले पार्टीको तल्लो तहमा नयाँ नेतृत्व चयन गरेको छ । तत्कालीन माओवादी केन्द्रसँगको एकीकरण तीन वर्ष नपुग्दै टुटेपछि र पार्टी फुटेको करिब दुई महिनापछि एमालेले तल्लो तहको अधिवेशन आयोजना गरेको हो । वडा अधिवेशनपछि ९ कात्तिकमा एमालेले देशभरका सात सय ५३ वटै पालिकामा अधिवेशन सम्पन्न गर्दै छ ।
दुई तिहाई नजिकको सरकारबाट बाहिरिएसँगै पार्टी विभाजनको मारमा परेको एमालेले देशभरका कार्यकर्तालाई एकैपटक जागरुक गराउनका लागि देशभर पार्टीको निर्वाचनको माहोल सिर्जना गरेको छ । पार्टी विभाजनपछि पनि पार्टीका नेताहरूमा असन्तुष्टि भने अझै कायमै रहेका बेला देशभर शनिबार भएको वडा अधिवेशनले भने एमाले कार्यकर्तामा उत्साह जगाएको हुनुपर्छ भन्ने विश्वास लिनु अन्यथा हुनेछैन ।
पार्टी अध्यक्ष केपी ओलीले देशभर भर्चुअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गर्दै देशभरका कार्यकर्तालाई विपक्षीविरुद्ध एक भएर जुट्नसमेत निर्देशन दिए ।
एमालेले यस पटक युवाहरूलाई निकै अगाडि सारेको पाइएको छ । यद्यपी, कपाल पाकिसकेकाहरु नै मूल नेतृत्वमा हाबी छन् । महिला र दलित, अल्पसंख्यक, सिमान्तकृतहरुको अवस्था दयनीय नै देखिएको छ । नेपाली काँग्रेसमा पनि यही समस्या छ ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो