पोखरा। पक्राउ परेका व्यक्तिलाई छुटाई दिन्छु भन्दै रकम ठगी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत असोज १९ गते पोखरा -१९ लामाचौरमा जुवा तथा सट्टेबाजी गर्न नहुने मुद्धामा अनुसन्धानमा रहेका प्रतिवादीलाई छुटाइदिने भन्दै नगद पाँच लाख ठगी गर्न खोज्ने दुई जनालाई कास्की प्रहरीले आइतबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रे जिल्ला खानिखोला गाउँपालिका वडा नं -१ घर भइ हाल पोखरा -५ बस्दै आएका २९ वर्षीय चन्द्र बहादुर बल र गोरखा जिल्ला शहीद लखन गाउँपालिका वडा नं -१ घर भइ पोखरा -२६ अर्घौंचोक बस्दै आएका ३१ वर्षीय जीवन गुरुङ रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।
हमालका अनुसार उनीहरुले जुवा तथा सट्टेबाजी मुद्धामा अनुसन्धानमा रहेका प्रतिवादीहरुलाई आफूहरुले प्रहरी, वकिल र अदालतमा चिनेका व्यक्तिहरु भएको र मुद्धा मिलाइदिने भन्दै पाँच लाख माग गरेका थिए।
घटनाको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुमाथि ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर