पोखरा । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले सातै प्रदेश कमिटी गठन गरेको छ । प्रदेश कमिटीमा सो पार्टीले इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव मनोनयन गरेको छ ।
जसमध्ये गण्डकीमा केशवलाल श्रेष्ठ, प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ को इन्चार्ज धर्मनाथप्रसाद साह, वागमतीमा केदार न्यौपाने, लुम्बिनीमा भावत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिममा गरिमा साहलाई इन्चार्ज तोकिएका छन् ।
गण्डकी प्रदेशमा सहइन्चार्ज तुलबहादुर गुरुङ, चूडामणि जंगली र शारदा सुवेदी तोकिएका छन् । रामजी शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको छ । सचिव प्रतापलाल श्रेष्ठ, उपसचिव श्रीनाथ बराल र रेखा थापा बस्याल तोकिएकी छन् । प्रदेश कमिटी अध्यक्ष शर्मालाई मुस्ताङ जिल्ला इन्चार्जको पनि जिम्मेवारी छ । गण्डकी प्रदेश सचिव श्रेष्ठलाई मनाङ जिल्ला इन्चार्जको समेत जिम्मेवारी छ । सहइन्चार्ज श्रीनाथ बराललाई पोखरा महानगर इन्चार्जसमेत तोकिएको छ ।
नेकपा एकीकृत समाजवादीले दश दिन नबित्दै केन्द्रीय कमिटीका सदस्यहरु थपघट गर्दै नयाँ सर्कुलर जारी गरेको छ । केन्द्रीय कमिटी सदस्यहरुको नाम हेरफेर भएको छ । यसअघि केन्द्रीय कमिटीमा समावेश भएका केही नेताहरु एमालेमै फर्किएपछि उनीहरुको ठाउँमा नयाँ सदस्य थपेर केन्द्रीय कमिटीलाई पूर्णता दिइएको हो ।
विभागहरु तोक्दै विभिन्न नेताहरुलाई जिम्मेवारी दिइएको छ । त्यसक्रममा पोखराकी दिलु पन्तले युवा फाँट इन्चार्जको जिम्मेवारी पाएकी छन् । प्रेमनारायण पौडेललाई स्याङ्जा इन्चार्ज तोकिएको छ । कलिला खातुन तनहुँ जिल्ला सहइन्चार्ज तथा मुस्लिम संगठन सहइन्चार्ज भएकी छन् । शर्मीलादेवी पौडेललाई स्याङजा जिल्ला सहइन्चार्जको जिम्मेवारी छ । उनी आँधीखोला गाउँपालिकाकी उपाध्यक्ष हुन् । शान्तिकुमारी जिसी बागलुङ जिल्ला सहइन्चार्ज भएकी छन् । गजकुमारी गुरुङले कास्की जिल्ला सहइन्चार्जको जिम्मेवारी पाएकी छन् ।
गोविन्द सुवेदी म्याग्दी जिल्ला इन्चार्ज भएका छन् । चित्र थापा तनहुँ जिल्ला इन्चार्ज तथा जनजाति महासंघ सहइन्चार्ज भएका छन् । गोर्खा जिल्ला इन्चार्जको जिम्मेवारी जुद्धविलास भण्डारीलाई छ । धनराज आचार्य कास्की जिल्ला सहइन्चार्ज तोकिएका छन् । उनी कास्की जिल्ला कमिटी अध्यक्ष पनि हुन् । बालकृष्ण बराल लमजुङ जिल्ला इन्चार्ज भएका छन् । महेन्द्र थापा स्याङजा जिल्ला सहइन्चार्ज र मुना बानियाँ म्याग्दी जिल्ला सहइन्चार्ज छन् । पर्वत जिल्ला इन्चार्ज मोती पौडेल तोकिएका छन् भने रत्नकुमारी गुरुङलाई कास्की सहइन्चार्जको जिम्मेवारी छ ।
शंकरनारायण श्रेष्ठ तनहुँ जिल्ला सहइन्चार्ज भएका छन् । श्रीप्रसाद शर्मा बागलुङ जिल्ला इन्चार्ज तोकिएका छन् । सानुमाया बस्नेतलाई गण्डकी महिला फाँट सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह