नवीन शिशिर विक, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका– ९ मालारानीका दिलबहादुर थापाको कुखुरा फर्ममा विहिबार झिस्मिसेमा एक पोथी चितुवा पस्यो । चितुवाले खोरमा भएका एक सय बोइलर कुखुरामध्ये कोही खायो, कोहीलाई मार्यो । कुखुरा नष्ट गरेपछि स्थानीयले चितुवालाई समातेर वनमा छाडेका छन् ।
खोरको जाली च्यातेर भित्र छिरेको चितुवा विहान अबेरसम्म पनि बाहिर नगएपछि स्थानीयले सवडिभिजन कार्यालयको प्राविधिक टोलीलाई खबर गरे । प्रहरी, वन कर्मचारी र स्थानीयको जमघट हुँदासम्म पनि चितुवा खोरभित्रै रह्यो ।
खोर अगाडिको फाँटका बारीमा अग्ला पाक्दैगरेको कोदो छ । खोरको ढोका खुल्ला गर्दासमेत चितुवा नभागेपछि स्थानीय, प्रहरी र वन कर्मचारीले टिन ठटाउने, ताल बनाउनेजस्ता गतिविधि गरेपछि चितुवा बाहिर निस्केर बाख्राको खोरतर्फ लागेको थियो । बाख्रा बचाउन स्थानीयले चितुवा धमाउँदै जाँदैगर्दा चितुवा फेरि फर्कियो, स्थानीयको अगुवाई बडिगाड गाउँपालिका– ८ निवासी राजन पाईजाले गरेका थिए ।
चितुवा फर्केर मान्छेतिर आएपछि राजन र चितुवाको जम्का भेटभयो । कराते खेलाडी पाईजाले भाग्यवस चितुवाको घाँटी र गर्धन समात्नभयो । चितुवाले आक्रमण गर्नुअघि नै पाइजाले त्यसलाई नियन्त्रण गर्न सफल हुनु भएपछि नजिकमा भएका सबैले चितुवालाई समाते ।
चितुवा नियन्त्रणमा लिनेबेला पाईजाको खुट्टामा सामान्य चोप लागेकाे छ । पछिल्लो खुट्टाको भागले कोतर्न भ्याए पनि अन्य कुनै ठाउँमा चोट नलागेको पाइजाले बताए । ‘भाग्यले ठूलो क्षति हुन पाएन’ उनले भने– ‘जीवनको अविस्मरणीय क्षण बन्यो ।’ गर्धनमा समात्ने अवसर नपाएको भए ठूलो क्षति हुने पाईजाको भनाई छ ।
‘मैले झ्याप्प समात्ने मेसो नपाएको भए त्यसले मलाई झम्टन्थ्यो’ उनले भने– ‘समातेर लडाएपछि सबैजना आएर कक्र्रक्कै बनायौँ । नियन्त्रणमा लिए पछि चार खुट्टा बाँधेर तुरतुरेस्थित देवीस्थान सामुदायिक वनमा लगेर छोडेको सव डिभिजन वन कार्यालयका रेन्जर दिपक श्रीसको भनाई छ ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ