कावासोति । यही आउँदो कार्तिक २५ गते देखि मंसिर ९ गतेसम्म हुन गइरहेको बाह्रौ राष्ट्रिय जनगणना मार्फत मगर समुदायले आफ्नो जातिय, धार्मिक, सांस्कृतिक र भाषिक पहिचानलाई स्थापित गराउन नेपाल मगर संघ केन्द्रीय महासचिव ज्ञानेन्द्र पुनले मगर समुदायलाई आग्रह गरेका छन् ।
नेपाल मगर संघ जिल्ला समन्वय समिती नवलपुरको आयोजनामा आज कावासोतिमा सम्पन्न बाह्रौ राष्ट्रिय जनगणनाको मगर जागरण राष्ट्रिय अभियान अन्तरर्गत बृहत प्रशिक्षणात्मक अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै महसचिव पुनले सो कुरा बताएका हुन् ।
साथै नेपाल मगर संघ केन्द्रीय समितिको निर्णय बमोजिम मुख्य प्रश्नावलि अन्तर्गत सोधिने प्रश्नहरुको सहि विवरण गणकलाइ लेखाउन समेत महासचिव पुनले मगर समुदायलाई अपिल गरेका छन् ।

जसअनुसार महासचिव पुनले जातिमा मगर लेखाउन आग्रह गर्नुहुदै बाह्र मगरात क्षेत्रमा मगरहरुले पुर्खाको भाषामा मगर ढुट, अठार मगरात क्षेत्रका मगरहरुले मगर खाम/पाङ, तथा डोल्पाका मगरहरुले मगर काइके लेखाउनुपर्ने बताए । त्यसैगरी धर्ममा बौद्ध अथवा प्राकृति लेखाउन उनले मगर समुदायलाइ आग्रह गरेका छन् ।
कार्यक्रमको प्रमुख अतिथी रहेका महासचिव पुनले संविधानमा व्यवस्था भएको मौलिक हकको सम्बोधन गर्न गराउन जनगणनाबाट आउने तथ्यांक आधिकारीक र महत्वपुर्ण हुने भएकोले आउँदो जनगणनामा सम्पुर्ण मगरहरुले आफ्नो सही पहिचान सहीत कोही नछुटी तथ्याक विवरण भर्न भराउनको लागी आग्रह गरेका हुन् ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष इन्द्र फाल मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
सम्बन्धित खबर
बजारमा बेच्न राखिएको तरकारीमा ९९ प्रतिशत विषादी, जफत गरी खाल्डोमा गाडियो
नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु
पूर्व–पश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा
नवलपरासीको विनयी खोला पुलमा बिहीबारबाट गाडी चल्ने
विषालु च्याउ खाँदा १६ जना बिरामी, ३ को अवस्था गम्भीर
पानी परेको बेला दाउन्ने सडकमा राति गाडी चलाउन रोक
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’