जिल्ला प्रशासन कार्यालय कास्कीले देउसी-भैलो तथा नाचगानका कार्यक्रम राति १० बजेसम्म मात्र संचालन गर्न आग्रह गरेको छ।
तिहार छठ लगायतका पर्वहरु नजिकिंदै गर्दा प्रशासन कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै देउसी भैलो तथा नाचगानका कार्यक्रम राति १० बजेसम्म मात्र संचालन गर्न आग्रह गरेको हो।
कोभिड -१९ को संक्रमण अपेक्षित रुपमा घटिनसकेको भन्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड अपनाएर मात्र त्यस्ता कार्यक्रम संचालन प्रशासनले आग्रह गरेको छ ।
यस्तै, विज्ञप्तिमा पटका, आतसबाजी, झिरझिरे,भूँईचम्पा जस्ता विस्फोटक पदार्थ प्रयोग नगर्न तथा नगराउन र त्यस्ता पदार्थहरुको ओसारपसार र बिक्री नगर्न भनिएको छ ।
यसबाहेक मादक पदार्थको सेवन गरी शान्ती सुरक्षालाई असर पार्ने गतिविधी नगर्न, भीडभाड जन्य गतिविधी गरी समाजमा अशोभनीय क्रियाकलापजन्य कार्यहरु नगर्न र मठ, मन्दिर, गुम्बा लगायतका धार्मिक स्थलहरुमा अनावश्यक भीड नगरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै पूजापाठ लगायतका क्रियाकलाप गर्न प्रशासनले आग्रह गरेको छ। अन्यथा कानून बमोजिम कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’