गत २७ भदौमा आफ्नो सम्पति कति छ कन्फ्युज छु भनेका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । केटाहरुलाई लगानी गरिदिएका कारण उनीहरुबाट आइनसक्दा समयमै सम्पति विवरण सार्वजनिक गर्न नसकेको उनले त्यो बेला बताएका थिए ।
अहिले सार्वजनिक विवरणमा अर्कैको नाममा जग्गा र आफू डेढ करोड ऋणमा रहेको उल्लेख छ । मन्त्री नियुक्त भएको ६० दिनभित्र सम्पति विवरण पेश गर्नुपर्ने प्रावधान छ । २ जना बाहेक अन्य ९ जना मन्त्रीले भदौ ९ मा सम्पति सार्वजनिक गरेका थिए । त्यसबेला मनाङेले सम्पति विवरण बुझाएका थिएनन् भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढा कोरोना लागेका कारण असमर्थ भएको बताएका थिए ।
गत जेठ २९ गते तेस्रो पटक खेलकुद मन्त्रीमा नियुक्त भएका मनाङेले असोज १८ गते आफ्नो सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका थिए ।
मनाङ प्रदेश सभा ‘ख’ बाट निर्वाचित मनाङेले स्थाथी ठेगाना काठमाडौं–२९ उल्लेख गरेका छन् भने हालको ठेगाना पोखरा–१४ काजीपोखरी लेखेका छन् ।
आफूसँग २२ तोला सुन रहेको मनाङेले उल्लेख गरेका छन् । ४५ तोला चाँदी मनाङेसँग छ । पैतृक सम्पतिका रुपमा मुगाको माला ८३ तोला रहेको उनले उल्लेख गरेका छन् ।
मनाङेले एभरेष्ट बैंक पोखरामा १० लाख ४९ हजार ५ सय ३६ रुपैयाँ रहेको उल्लेख गरेका छन् । मनाङेले ६ करोड १० लाख रुपैयाँ ऋण लिएर ४ करोड ७० लाख रुपैयाँ तिरेको सम्पति विवरणमा उल्लेख गरेका छन् । संघर्ष गाईभैंसी प्रालिमा भैंसी २० वटा र गाई ५ वटा रहेको मनाङेले बताएका छन् ।
मनाङेले २०७० सालमा अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा खेपेका थिए । २०७४ सालमा उनले विशेष अदालतबाट सफाइ पाएका थिए ।
‘केटाहरू’को नाममा थुप्रै लगानी गरेको बताएका मनाङले सम्पत्ति विवरणमा अर्कैको नामको जग्गामा बैनापट्टा गरेको देखाएका छन् । तर, ती लगानीको स्रोत भने मनाङेले उल्लेख नै गरेका छैनन् ।
मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं–२९ धर्मस्थलीमा क्रमशः कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको खुलाएका छन् । जग्गा प्रतिआना ९ लाख रुपैयाँमा किनेको उल्लेख गरेका छन् ।
कृषिमन्त्रीको बुढाको केही छैन
गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाको सम्पति विवरण पनि मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको छ । सार्वजनिक विवरणअनुसार कृषिमन्त्री बुढा ११ मन्त्रीहरुमध्ये गरीब देखिएका छन् । उनले आफ्नो नाममा केही देखाएकै छैनन् ।
उनको नाममा कुनै सम्पत्ति छैन । एउटा सहकारीमा १० हजार रुपैयाँ बचत मात्र उल्लेख छ । बागलुङ ताराखोला गाउँपालिका वडा नम्बर ५ घर भएका बुढाले सगोलमा जग्गा भएको उल्लेख गरेका छन् । तर, कित्ता र क्षेत्रफल खुलाएका छैनन् । एभरेस्ट बैंकको खातामा ब्यालेन्स छैन ।
उनले सम्पत्तिको नाममा ताराखोला–५ को जनएकता बहुउद्धेश्यीय सहकारीमा १० हजार रुपैयाँमात्र शेयर रहेको उल्लेख गरेका छन् । घरजग्गा, पशुधन, आफूसँग रहेको सामानसमेत सम्पत्ति विवरणमा उल्लेख गर्नुपर्ने भए पनि बुढाले भने कुनै पनि उल्लेख गरेका छैनन् ।
सम्बन्धित समाचारः
खोइ सम्पत्ति विवरण ? मन्त्री मनाङेको जवाफ: ‘केटाहरुले दिइसकेका छैनन्’
खोइ सम्पत्ति विवरण ? मन्त्री मनाङेको जवाफ: ‘केटाहरुले दिइसकेका छैनन्’
गण्डकीका मुख्यमन्त्रीको २५ लाख ऋण, अर्थमन्त्रीको निफ्राको ६० कित्ता शेयर, शिक्षामन्त्री मेखलालको १ किलो १९ तोला सुन
९ ले बुझाए, २ ले बुझाउन बाँकी
गण्डकीका मुख्यमन्त्रीको २५ लाख ऋण, अर्थमन्त्रीको निफ्राको ६० कित्ता शेयर, शिक्षामन्त्री मेखलालको १ किलो १९ तोला सुन
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ