पोखरा। कास्की प्रहरीले जबर्जस्ती यौन शोषण गराउन खोज्ने दुई जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नं -८ जाल्पारोड स्थित संगिना खाजा घरमा महिलालाई ललाई फकाई प्रलोभनमा पार्ने तथा डर त्रास देखाएर जबर्जस्ती यौन शोषण गराउन वाध्य पारेको आरोपमा प्रहरीले खाजा घरका संचालकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका वडा नं -२ घर भई हाल जिल्ला पोखरा -८ जाल्पारोड बस्ने २६ वर्षीय अर्जुन पन्त र गोरखा जिल्ला गण्डकी गाउँपालिका – ७ घ्यालचोक घर भई हाल पोखरा – १४ चाउथे बस्ने २४ वर्षीय बिराज राना मगर रहेका छन्।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार उक्त खाजा घरमा जबर्जस्ती यौन शोषण गराउने गरेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलिले सोमबार साँझ अन्दाजी ९ बजेको समयमा एक महिलालाई जबर्जस्ती दुई पुरुषले मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा प्रहरीले उद्धार गरेको हो।
हाल उद्धार गरिएकी महिलालाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ भने, खाजा घरका संचालक दुवैलाई मानव बेचविखन तथा ओसारपसारमा मुद्दा दर्ता गरी जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाएको प्रवक्ता हमालले बताए ।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’