पोखरा । नेपाल विद्यार्थी संघका नेता अमृत पाण्डेयले आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफूलाई प्रदेश प्रतिनिधिको रुपमा उभ्याउने भएका छन्।
उनले गण्डकी प्रदेशको प्रतिनिधीसभा क्षेत्र नं २ ‘ख’ स्याङ्जाको प्रदेश महाधिवेशन प्रतिनिधिका रुपलाई पाण्डेयले उम्मेद्वारी घोषणा गरेका हुन्। विगत लामो समयदेखि नेपाल विद्यार्थी संघमा रहि सक्रिय विद्यार्थी नेताको भुमिका निर्वाह गरिरहेका पाण्डेय संघको विभिन्न तहमा काम गरिसकेका छन्।
१३ औं महाधिवेशनमा साविक आलमदेवी गाबिसबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका उनी यसपालि कालीगण्डकी २ बाट क्षेत्रीय प्रतिनिधी बनेका छन् । लामो समय पत्रकारितामा सक्रिय रहेका उनी सबल नेपाल मिडिया प्रा ली का अध्यक्ष समेत हुन् ।
उनले मुलुक संघीयतामा गए सँगै पार्टी पनि संघीयताको अभ्यासमा गइसकेकोले प्रदेश स्तरमा पनि कांग्रेसको बलियो व्यवस्थापनको आवश्यकता खड्किएको बताए ।
‘पार्टी पुरानै अवस्थाबाट अगाडि बढ्न सक्दैन, हाम्रो पुराना अभ्यास, अगाडिका अग्रजको सम्मानको साथै पार्टीमा नयां प्रयोगको लागि पनि हाम्रो सक्रियता जरुरी भएकोले मैले उम्मेदवारी घोषणा गरको हु’ उनले भने, ‘मैले पार्टीको लागि कुनै न कुनै तरिकाबाट पुराएको योगदानको मूल्यांकन गर्दै पार्टीमा भूमिका निभाउन थप जिम्मेवारी पाउने छु भन्ने अपेक्षामा छु ।’
स्पष्ट वक्ता, गण्डकी क्षेत्रमा लोकप्रिय र मिलनसार पाण्डेय कांग्रेसको केन्द्रीय राजनीतिमा पनि उत्तिकै प्रभाव जमाउन सक्षम छन्।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’