पोखरा । माछापुच्छ्रे बैंक पोखराका संथापक अध्यक्ष स्व.सुर्य बहादुर के.सी को स्मृतिमा माछापुच्छ्रे बैंक पोखरा नयाँबजारको कार्यालय परिसरमा स्व के.सी को अर्धकद सालिक स्थापना गरिएको छ ।
सालिकको शुक्रबार एक समारोह बीच स्व के.सीकी धर्मपत्नी प्रेम कुमारी के.सीले अनावरण गरे । काठमाडौँका कलाकार एवम् मुर्तिकार विकल प्रजापतिले बनाएका हुन् । झण्डै २२ वर्ष अगाडि पोखरालाई पर्यटन र आर्थिक क्षेत्रको केन्द्र बनाउनुपर्छ भनेर स्व के.सीले बैंक स्थापना गरेका हुन् ।
कार्यक्रममा स्व के.सी का बारेमा बोल्दै पूर्व प्रहरी बरिष्ट उपरीक्षक कृष्ण बहादुर थापाले स्व के.सीको दुर दृष्टिकोणले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रलाई नेतृत्व गर्नुभएको बताए ।
यसैगरी बैंकका सञ्चालक कवि हरिभक्त सिग्देल (महेश) ले स्व के.सी भौतिक रुपमा हामी माझ नभएपनि सुर्यको प्रकाश जस्तै उहाँका विचारहरु संसारमा फैलिएको बताए ।
कार्यक्रममा स्व के.सीका जेष्ठ सुपुत्र प्रकाश के.सीले धन्यवाद दिंदै आफ्नो पिताजिको सोच र विचारलाई समाजले ग्रहण गरेकोमा आभार व्यक्त गरे ।
सालिक अनावरण समारोहमा माछापुच्छ्रे बैंकका अध्यक्ष डाः विरेन्द महतो बैंकका कार्यकारी अधिकृत सन्तोष कोईराला बैंकका सञ्चालक किरण के.सी, रोशन के.सी, निर्देशक जय मुकुन्द खनाल लगायतले सालिकमा पुस्प गुच्छा अर्पण गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ