पोखरा । माछापुच्छ्रे बैंक पोखराका संथापक अध्यक्ष स्व.सुर्य बहादुर के.सी को स्मृतिमा माछापुच्छ्रे बैंक पोखरा नयाँबजारको कार्यालय परिसरमा स्व के.सी को अर्धकद सालिक स्थापना गरिएको छ ।
सालिकको शुक्रबार एक समारोह बीच स्व के.सीकी धर्मपत्नी प्रेम कुमारी के.सीले अनावरण गरे । काठमाडौँका कलाकार एवम् मुर्तिकार विकल प्रजापतिले बनाएका हुन् । झण्डै २२ वर्ष अगाडि पोखरालाई पर्यटन र आर्थिक क्षेत्रको केन्द्र बनाउनुपर्छ भनेर स्व के.सीले बैंक स्थापना गरेका हुन् ।
कार्यक्रममा स्व के.सी का बारेमा बोल्दै पूर्व प्रहरी बरिष्ट उपरीक्षक कृष्ण बहादुर थापाले स्व के.सीको दुर दृष्टिकोणले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रलाई नेतृत्व गर्नुभएको बताए ।
यसैगरी बैंकका सञ्चालक कवि हरिभक्त सिग्देल (महेश) ले स्व के.सी भौतिक रुपमा हामी माझ नभएपनि सुर्यको प्रकाश जस्तै उहाँका विचारहरु संसारमा फैलिएको बताए ।
कार्यक्रममा स्व के.सीका जेष्ठ सुपुत्र प्रकाश के.सीले धन्यवाद दिंदै आफ्नो पिताजिको सोच र विचारलाई समाजले ग्रहण गरेकोमा आभार व्यक्त गरे ।
सालिक अनावरण समारोहमा माछापुच्छ्रे बैंकका अध्यक्ष डाः विरेन्द महतो बैंकका कार्यकारी अधिकृत सन्तोष कोईराला बैंकका सञ्चालक किरण के.सी, रोशन के.सी, निर्देशक जय मुकुन्द खनाल लगायतले सालिकमा पुस्प गुच्छा अर्पण गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’