पोखरा । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) ले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ ।
२०७० मंसिर २३ गते स्थापना भएको युआरएलले मंसिर महिनाभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको हो । वार्षिकोत्सवको अवसरमा मंसिर महिनाभर रगतमा हुने खराब बोसो(टिजी) सित्तैमा जाँच गरिनेछ भने अरु सबै प्रकारका रक्तजाँच र होलबडीका प्याकेजमा समेत ३० प्रतिशत छुट दिइएको अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए ।
वार्षिकोत्सवको अवसरमा पोखरा र तनहुँमा निशुल्क शिविर, २३ गते युआरएल पत्रकारिता पुरस्कार वितरण समारोह हुने अध्यक्ष पन्तले जानकारी दिए ।
यो अफर युआरएलको प्रधान कार्यालय सभागृहचोक, गिरी कम्प्लेक्ससहित शाखा कार्यालय हस्पिटलचोकसहित युआरएल दुलेगौंडा, दमौली, बेशीसहर र वालिङमा समेत उपलब्ध छ । विश्वकै सर्वाेत्कृष्ट प्रविधि, उत्कृष्ट मेसिन र दक्ष जनशक्तिबाट सेवा दिइरहेको युआरएलले ग्राहकलाई उपहारस्वरुप योजना ल्याएको अर्थ निर्देशक गणेश कोइरालाले बताए ।
महामारीका बेला स्वास्थ्य मापदण्ड पूरा गर्दै युआरएल गण्डकी प्रदेशलाई रक्त परीक्षणमा अत्मनिर्भर बनाउन लागिपरेको निर्देशक सन्दीप अर्यालले बताउँछन् ।
हालसम्म ४ लाखभन्दा बढीलाई सेवा दिइसकेको युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सयभन्दा बढी स्वास्थ्य शिविर र सचेतना कार्यक्रम गरिसकेको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’