पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ बैदाममा अवस्थित तालबाराही माध्यमिक विद्यालयमा भुपु विधार्थी श्री कृष्ण पहारी र उनकी धर्मपत्नी सरु पहारीले आफ्ना बुवा रामजी प्रसादपहारी र आमा देवीपहारीको नाममा अक्षयकोष स्थापना गरेका छन् ।
आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीहरुको पढाइलाई सहयोग पु¥याउने उद्देश्यका साथ स्थानीय पहारी दम्पतीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको कोष स्थापना गरिदिएका हुन् । पहारीले आइतबार एक कार्यक्रमको आयोजना गरी बुवा रामजी प्रसाद पहारी र आमा देवी पहारीले चेक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण न्यौपाने र विद्यालयका प्रधानध्यापक तारा प्रसाद पोखरेललाई सयुक्त रुपमा हस्तान्तरण गरेका थिए । अक्षयकोष दाता पहारीले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा खुशि लागेको बताए ।
उक्त अवसरमा श्री कृष्णका बुवा पहारीले कोषको रकम लक्षित विद्यार्थीको पठनपाठनमा सहयोगी बन्ने विश्वास व्यक्त गरे । ‘कोषको सही सदुपयोग हुनेमा विश्वस्त छौं’, उनले भने, ‘आर्थिक अभावमा कुनै पनि बालबालिका पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने चाहनाले कोष स्थापना गरेका हौँ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण न्यौपानेले लक्षित विद्यार्थीको पठनपाठनमा सहयोग पुगे मात्र कोषको सार्थकता पूरा हुने बताए ।
विद्यालय प्रधानध्यापक तारा प्रसाद पोखरेलले कोषको रकम सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पु¥याउने प्रतिबद्धता जनाए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर