पोखरा । खेलकुदकाे विकास र सामाजिक क्षेत्रमा क्रियाशील संस्था टाइगर ग्रुप अफ पोखरा नेपालकाे आयाेजनामा ‘दोश्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप पुरुष/महिला भलिबल प्रतियोगिता २०७८’ पुषको २६ गते देखि माघ १ गते सम्म हुने भएकाे छ ।
आयाेजकले प्रतियाेगिता सञ्चालनबारे आफ्नो तयारी शुरु गरेको जानकारी गराएको छ । शनिवार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी शुरु भएको जनाएकाे हो । पोखरा रंगशालाको भलिवल टे«निङ्ग सेन्टरमा उक्त प्रतियोगितामा महिला/पुरुषतर्फ विभागिय टिमहरु सहित विभिन्न राष्ट्रिय क्लवका गरी १० टिमको सहभागिता हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ टिम गरी कुल १० टिमको सहभागिता रहने भएको छ । जसमा पुरुषतर्फ विभागिय टिमहरु नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीवल, हेल्प नेपाल स्पोर्टस क्लव र गण्डकी प्रदेशको टिम रहनेछन भने महिलातर्फ विभागिय टिमहरुमा नेपाल आर्मी क्लव, नेपाल पुलिस र शसस्त्र प्रहरीबल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा, नेपालको सहभागिता रहनेछ ।
दोश्रो संस्करणमा संस्थाले आफ्नै महिला टिमलाई मैदानमा उतार्ने भएको हो । उक्त टिमको नेतृत्व राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीले गर्ने भएकी छन् । यो पटक टिमले विदेशी खेलाडी भित्रयाउन पाउने प्रावधानलाई समेत खुल्ला गर्ने भएको छ । नेपाल भलिवल संघको नियमनुसार टिमहरुले विदेशी खेलाडी भित्रयाउन पाउने नेपाल भलिवल संघका कार्यबाहक अध्यक्ष याम गुरुङले बताए ।
प्रतियोगितामो पुरस्कार राशी समेत गत संस्करण भन्दा दोब्बर गरेको अध्यक्ष शर्माले जनाएका छन् । महिला/पुरुष उपाधी विजेता टिमलाई समान नगद रु ३/३ लाख, उपविजेता महिला÷पुरुष टिमलाई समान नगद रु १ लाख ५० हजार, तेश्रो हुने महिला/पुरुष टिमलाई समान नगद रु ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने निर्णय गरिसकेको अध्यक्ष शर्माले बताए । यसै गरी महिला/पुरुषतर्फ उत्कृष्ट १/१ जना खेलाडीलाई समान नगद २५/२५ हजार र अन्य विद्यागत तर्फ समान नगद १०/१० हजार पाउने संस्थका सचिव प्रकाश बरालले जानकारी दिएका छन् ।
पोखरा रंगशालामा हुने उक्त प्रतियोगिताका लागि टाइगर ग्रुपले विशेष तयारी थालेको छ अध्यक्ष शर्माले जनाएका छन् । प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन विभिन्न उपसमिती गठन गर्नुका साथै विशेष प्रकारको ‘फोल्डिङ’मञ्च निर्माण गर्ने तथा १५ हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिने अध्यक्ष शर्माले पोखरा स्पोर्टसलाई बताए । वृद्ध–वृद्धालाई खेल हेर्न छुट्टै व्यवस्था संगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई विशेष सुविधा दिइने उनको भनाई थियो । प्रतियोगिताको संयोजकमा शिव श्रेष्ठ र सह संयोजकमा गोविन्द थापा मगर रहेका छन् ।
प्रतियोगितालाई भव्यसंगै मर्यादित रुपमा अघि बढाउन सबैको सहयोगको खाँचो औल्याउँदै स्वदेश तथा विदेशबाट प्रतियोगिता सफल बनाउन आर्थिक, भौतिक एवम नैतिक सहयोगका लागि समेत अध्यक्ष शर्माले आग्रह गरेका छन् । प्रतियोगिताका लागि गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी लगायतको सहयोग रहने जानकारी दिंदै अध्यक्ष शर्माले गत संस्करणमा सहयोग गर्ने सम्पुर्ण सहयोगीहरु संघ संस्थालाई समेत आभार व्यक्त गरेका छन् ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’