काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
आज बिहीबार भएको मतगणनामा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार ९८४ मत प्राप्त गरेका हुन् ।
परिणाम कांग्रेसको निर्वाचन समितिले घोषणागर्न बाँकी रहेको छ ।
थापा डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका हुन् भने शर्मा प्रकाशमान सिंहको समूहबाट उम्मेदवार बनेका हुन् ।
यसैगरी सभापति शेरबहादुर देउवाको पक्षबाट उम्मेदवार बनेका डा. प्रकाशशरण महतले १५५० मत प्राप्त गरेका छन् भने प्रदीप पौडेलले १४०९ मत ल्याए । कोइराला पक्षबाटै उम्मेदवारी दिएका डा. मीनेन्द्र रिजालले ८०९ मत र विमलेन्द्र निधि समूहबाट उम्मेदवार बनेका राजाराम कार्कीले १०७ मत ल्याएका छन् ।
सभापतिमा देउवा निर्वाचित भइसकेका छन् भने उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।
गत सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको हो ।
अब सह–महामन्त्री र केन्द्रीय सदस्यहरुको मतगणन हुने बताइएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु