एमालेले दियो रावललाई सल्लाहकारको जिम्मेवारी

एमालेले दियो रावललाई सल्लाहकारको जिम्मेवारी

bhim-rawal

काठमाडौँ । नेकपा एमालेले १० औँ महाधिवेशनमा अध्यक्षमा पराजित भएका नेता भीम रावललाई सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिएको छ ।

चितवनमा भएको दसौँ महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेर पराजित भएका रावललाई एमालेले कुनै पनि कमिटीमा राखेको छैन । उनी अब सल्लाहकारको भूमिकामा मात्रै रहनेछन् ।

उनले अध्यक्षमा पराजित भएपछि केन्द्रीय कमिटीमा बस्न पनि अस्वीकार गरेका थिए। त्यहीकारण भक्तपुरमा बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले रावललाई सल्लाहकारमा राखिएको बताइएको छ ।

पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds