पोखरा । प्रेस चौतारी नेपाल, कास्की शाखाको प्रथम पूर्ण बैठकले सल्लाहकार चयन गर्दै थप पाँच जनालाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।
आठौं अधिवेशनबाट निर्वाचित नेतृत्वले सल्लाहकार समिति गठन गरी पाँच सदस्य थप गरेको हो । चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा शनिबार बसेको बैठकले सल्लाहकार समितिमा निवर्तमान अध्यक्ष माधव बराल, केशव पाठक, इन्द्र प्रसाद पौडेल, केशवशरण लामिछाने र रामबहादुर गुरुङलाई चयन गरेको हो ।
कमिटिलाई ३५ सदस्यीय बनाउँदै साधारण सदस्यहरु माधव भुसाल, गिरीधारी पोखरेल, ऋषिराम दाहाल, सन्दीप खनाल र अर्जुन परियारलाई कार्यसमिति सदस्यमा मनोनित गरेको सचिव रञ्जन अधिकारीले जानकारी दिए ।
चौतारीको यो पहिलो बैठकले प्रेस चौतारी स्मारिका प्रकाशन गर्ने निर्णय पनि गरेको छ । यस्तै, अधिवेशन सम्पन्न गर्न गठित दुर्गा भण्डारी नेतृत्वको निर्वाचन कमिटि, रामकृष्ण ज्ञवाली नेतृत्वको अध्यक्ष मण्डलका साथै संगठनलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत ज्ञापन गरेको छ ।
बैठकमा प्रमुख आतिथ्यता केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे र विशेष आतिथ्यता कोषाध्यक्ष ईन्द्रप्रसाद आचार्यको रहेको थियो ।

उपाध्यक्ष पाण्डेले चौतारीले प्रेस जगतमा खेलेको नेतृत्वदायी भूमिकाका बारेमा प्रकाश पार्दै संगठनात्मक र पेशागत विषयमा सदस्यहरुलाई मार्गनिर्देश गरेका थिए । उनले पत्रकारहरुको संस्थामध्ये अग्रणी स्थानमा रहेको चौतारीले आफ्ना सदस्यको पेशागत सुरक्षा र दक्षता अभिवृद्धिमा सघाउ पु¥याउने उल्लेख गरे ।
कोषाध्यक्ष आचार्यले पार्टीलाई प्रचारप्रसार र रचनात्मक कार्यमा सहयोग गर्ने कार्यमा चौतारी समयानुकूल र प्रविधिलाई उच्चतम् प्रयोग गर्दै अघि बढ्दा सबैभन्दा अग्रभागमा रहेको बताए । चौतारी नेतृत्वमा अपडेटेड् युवाहरु भएकाले पनि यो डिजिटल युगमा आफूलाई सबैभन्दा अगाडि उभ्याउन चौतारीकर्मीहरु सफल बनेको उल्लेख गरे ।
अतिथिद्वयले देशभरमै सबैभन्दा पहिले अधिवेशन गरी सर्वसहमतिमा नेतृत्व चयन गरेको कास्की शाखाले सांगठनिक र रचनात्मक कार्यमा पनि अगुवाई गर्नेमा ढुक्क रहेको बताए ।

सम्बन्धित समाचारः
प्रेस चौतारी कास्कीमा नयाँ नेतृत्व
प्रेस चौतारी कास्कीको नवनिर्वाचित समितिको पदस्थापन
प्रेस चौतारीले दियो केन्द्रीय कमिटीलाई पूर्णता, कास्कीबाट १० जना (नामावलीसहित)
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह