पोखरा । ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराले एक दिने पदयात्रा (हाइकिङ) कार्यक्रम गरेको छ । पोखरा महानगरपालिकाको वडा नम्बर १६ र १९ मा पर्ने घार्मी, कुरेचौर—ढिकीडाँडा भुप्राङकोट पदयात्रा मार्गको प्रवद्र्धन गर्न एक दिने हाइकिङ गरेको हो ।
‘ओझेलेमा परेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरौं, दिगो पर्यटन, विकास प्रवद्र्धन र संरक्षण गरौं’ भन्ने नाराका साथ शनिबार हाइकिङ गरेको हो । कोरोना महामारीले थला परेको पर्यटनलाई चलायमान बनाउनका साथै एक दिने पदयात्रा कार्यक्रमको प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको टान पोखराका अध्यक्ष सुशीलराज पौडेलले बताए । पौडेलले यस रुटको प्रवर्द्धन गर्न भ्रमण तालिका बनाई आफ्ना सदस्य कम्पनीमार्फत अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गरिने बताए ।
कार्यक्रममा पूर्व मन्त्री तथा संघीय सांसद जगत विश्वकर्माले गण्डकी प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले दिर्घकालीन योजनाका साथ घार्मी–कुरेचौर–ढिकीडाँडा–झुप्राङकोट पदमार्ग रुटलाई प्रवद्र्धन गर्न दिर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने बताए ।

पोखरा महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्यले पोखरा बजारबाट नजिकमा रहेर पनि ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्नुपर्ने बताए । ‘यस्ता कार्यक्रमले पदयात्रा मार्गको प्रवद्र्धन गर्न सहयोग गर्नेछ’ आचार्यले भने,‘ आगामी दिनमा टानसँग सहकार्य गरी पदयात्रा मार्गको प्रवर्द्धन गरिनेछ ।’ स्थानीय पर्यटन व्यवस्थापन समितिका उपाध्यक्ष डिल्ली पौडेलले पदमार्गको प्रवर्द्धन सँगसँगै पूर्वाधारमा पनि जोड दिनुपर्ने बताए ।
उक्त कार्यक्रममा टानमा आवद्ध सदस्य कम्पनीका प्रतिनिधिहरु, पोखराका पर्यटकीय संघ संस्थाका प्रतिनिधिहरु, मजदुर संगठनका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रम संयोजक गोपालकृष्ण संग्रौलाले जानकारी दिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १६ र १९ को समन्वयमा भएको टान सचिव मिलन तिवारीले जानकारी दिए ।
घार्मीबाट सुरु भएको पदयात्रा ढिकीडाँडा, कुरेचौरहुँदै भुप्राङकोट पुगेर समापन भएको थियो । उक्त रमणीय ठाँउबाट पोखरा बजारको साथै अन्नपूर्ण हिमश्रृंखलाको अवलोकन गर्न सकिने स्थानीय हरिलाल आचार्यले बताए । हाइकिङको क्रममा स्थानीयले पञ्चबाजाका साथमा स्वागत गरेका थिए भने गर्लाङ गाउँको सामुदायिक होमस्टे समेत सहभागीले अवलोकन गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’