पोखरा । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी पोखरामा एजुकेसन फेयर हुने भएको छ । शैक्षिक परामर्श दिँदै आएको पोखरा चिप्लेढुंगा स्थित विश्वसनीय संस्था थर्ड आई एजुकेशनले विद्यार्थीका लागि यो अवसर प्रदान गरेको हो ।
फेयर थर्ड आई एजुकेशन रहेकै द्वा कम्प्लेक्स भवनमा आयोजना हुनेछ । एक दिने फेयर पुस ९ गते शुक्रबार बिहान १० बजेदेखि ४ बजेसम्म हुनेछ । सहभागीलाई प्रवेश निःशुल्क छ । मूख्यतः स्कलरशीप गिफ्ट ह्याम्पर लगायतका विशेष अफर पनि छन् ।
फेयरमा विशेष गरी अष्ट्रेलिया, यूएसए, यूके र क्यानडा पढ्न जान चाहने विद्यार्थीलाई काउन्सिलिङ गरिने संस्थाका प्रबन्ध निर्देशक प्रकाश गैरेले जानकारी दिए। ‘कोरोना महामारीले सिर्जित दुरावस्थाले २ वर्ष विश्वलाई आहत बनायो । अब उच्च शिक्षा तथा रोजगारीका लागि अन्तर्राष्ट्रिय ढोकाहरु खुलिसकेका छन् । यही उचित समयलाई सदुपयोग गर्दै विद्यार्थीका लागि परामर्श दिने हेतुले फेयरको आयोजना गरेका हौं ।’ – गैरेले भने ।

फेयरमा सम्बन्धित देशका शिक्षा प्रणाली, परिवर्तिन नीति, कलेज तथा युनिभर्सिटीका कोर्षहरुबारे बुझ्न पनि सकिनेछ । पहिले वैदेशिक शिक्षा सम्बन्धी पोखरामा वर्षेनी संचालित मेलाबाट विद्यार्थी र अभिभावक लाभान्वित भएपछि अहिले हुन छाडेका छन् । विद्यार्थीहरुले उचित थलो नपाईरहेको यो बेला थर्ड आईले फेयर आयोजना गरेको हो ।
पछिल्लो समयमा उच्च शिक्षा अध्ययनका लागि विदेशी युनिभर्सिटीतर्फ आकर्षण र चासो बढिरहेको सन्दर्भमा यस फेयरमा यी चार देशका युनिभर्सिटीकै प्रतिनिधि आएर विद्यार्थी र उनीहरुका अभिभावकसँग प्रत्यक्ष परामर्श दिनेछन् । यस फेयरले विदेशमा अध्ययन गर्नका लागि विद्यार्थीले सही सूचना र जानकारी प्राप्त गर्ने अपेक्षा थर्ड आईले लिएको छ ।

युनिभर्सिटीकै प्रतिनिधिसँग आफैले सिधै कुरा गरी सही विश्वविद्यालय छनौट गर्ने मौका भएकाले पनि यस फेयरमा विद्यार्थीको उल्लेख्य सहभागिता रहनेमा आयोजक ढुक्क छ । एकै थलोबाट चार देशका १५ बढी युनिभर्सिटी बारेमा बुझ्न र अध्ययनका लागि जानुपूर्व गर्नुपर्ने सम्पूर्ण प्रक्रियाका सवालमा सहयोग लिन विद्यार्थीहरुलाई थर्ड आई उचित स्थान रहेको गैरे बताउँछन् । ‘चार देशका प्रशिद्ध युनिभर्सिटीका प्रतिनिधिहरुसँग सोझै परामर्श गरी स्कलरशीप समेत पाउन सक्ने अवस्था हुनेछ । आईएलटीएस र पीटीई गर्नेलाई क्यास ब्याकको अफर पनि छ ।’ – उनले भने ।
चिप्लेढुंगामा रहेर दशक अघिदेखि शैक्षिक परामर्श र विद्यार्थीलाई अध्ययनका लागि विदेश पठाउन सहयोग गर्दै आएको थर्ड आई एजुकेशनको वीरेन्द्रनगर (सुर्खेत), काठमाण्डौ र नयाँ दिल्ली (भारत) मा पनि शाखा छ ।
थर्ड आईले विशेषतः आईएलटिएस, टोफल, जिआरई, जिम्याटका कोर्सहरु पनि सञ्चालन गर्दै आएका छ । फ्रि एजुकेशनका बारेमा परामर्श दिने मूख्य संस्था पनि हो ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह