पोखरा। बालकलाई यातना दिएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नं -१५ गलेश्वरचोकस्थित न्यु लाइफ होस्टलमा बालकले राति ओछ्यानमा पिसाब गरेको भन्दै बालकको लिङ्गमा रबरले बाँधेर यातना दिएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नं -२ स्थायी घर भइ हाल पोखरा -१४ बस्दै आएकी २७ वर्षीया जानुका नेपाली रहेकी छिन्।
कास्कीका निमित्त प्रहरी निरीक्षक तथा प्रहरी प्रवक्ता दिपक केसीका अनुसार उक्त होष्टलको वार्डेनसमेत रहेकी नेपालीले राति सुत्दा ओछ्यानमा पिसाब गर्छ भन्दै ६ वर्षीय बालकको लिङ्गमा रबरले बाँध्नेर यातना दिने गरेको भन्ने जाहेरी पश्चात उनलाई पक्राउ गरिएको हो ।
उनीविरुद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिका विरुद्धको कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थपको अनुमति लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरिएको केसीले बताए।
उक्त होस्टलमा अभिभावक नभएका ९ जना विद्यार्थीले आश्रय लिंदै आइरहेका छन्। डोल्पाबाट पोखरा पढ्न राखिएका ती बालकको बुवा बितिसकेको र आमा गाउँमै रहेको बुझिएको छ। लिङ्गमा रबर बाँधिएका कारण पिसाब गर्न नमिल्दा बालकको पेट फुलेको प्रहरीले जनाएको छ। यद्यपी हाल स्वास्थ्य जाँचका लागि अस्पतालमा रहेका उनको रिपोर्ट भने यो समाचार तयार पार्दासम्म आइसकेको छैन।
सम्बन्धित खबर
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?