देशभर २८ हजार सामुदायिक विद्यालय छन्। ती विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिकका गरि १७ हजार २ सय ३८ शिक्षक पद रिक्त छन् । वर्षौंदेखि शिक्षक पदपूर्ति नहुँदा पठनपाठनमा समस्या हुन थालेपछि शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाका आधारमा शिक्षक छनोट गर्न विज्ञापन गरेको छ । निम्न माध्यमिक तहका लागी बुधबार २५ सय ९८ शिक्षक माग गरिएको छ । अघिल्लो साता माध्यमिक तहका लागि १५ सय ४७ शिक्षक माग गरेको आयोगले प्राथिमिक तहमा १३ हजार ९३ पदको प्राथमिक शिक्षकको लागि विज्ञापन खुलाउने भएको छ ।
मंगलबार बसेको आयोगको बैठकले प्राथमिक तह तृतीय श्रेणी खुलातर्फको विज्ञापन बुधबार खुलाउने निर्णय गरेको आयोगका प्रशासकीय प्रमुख केशवप्रसाद दाहालले जानकारी दिए ।
विज्ञापन भोलिको गोरखापत्रमा र भोलिनै आयोगको वेबसाइटमा अपलोड गरिनेछ । इच्छुकले माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्ने आयोगले जनाएको छ ।
विज्ञापनको सामान्य तर्फको परीक्षा आगामी चैत्र २० गते सञ्चालन हुने आयोगले जानकारी दियो । परीक्षा आवेदन फाराम अनलाइनबाटै भर्नुपर्ने छ ।
आयोगले यसअघि नै माध्यमिक तहमा १ हजार ५ सय ४७ र निमावि तहमा २ हजार ५ सय ९८ पदका लागि विज्ञापन गरिसकेको छ ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षा आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु