देशभर २८ हजार सामुदायिक विद्यालय छन्। ती विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिकका गरि १७ हजार २ सय ३८ शिक्षक पद रिक्त छन् । वर्षौंदेखि शिक्षक पदपूर्ति नहुँदा पठनपाठनमा समस्या हुन थालेपछि शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाका आधारमा शिक्षक छनोट गर्न विज्ञापन गरेको छ । निम्न माध्यमिक तहका लागी बुधबार २५ सय ९८ शिक्षक माग गरिएको छ । अघिल्लो साता माध्यमिक तहका लागि १५ सय ४७ शिक्षक माग गरेको आयोगले प्राथिमिक तहमा १३ हजार ९३ पदको प्राथमिक शिक्षकको लागि विज्ञापन खुलाउने भएको छ ।
मंगलबार बसेको आयोगको बैठकले प्राथमिक तह तृतीय श्रेणी खुलातर्फको विज्ञापन बुधबार खुलाउने निर्णय गरेको आयोगका प्रशासकीय प्रमुख केशवप्रसाद दाहालले जानकारी दिए ।
विज्ञापन भोलिको गोरखापत्रमा र भोलिनै आयोगको वेबसाइटमा अपलोड गरिनेछ । इच्छुकले माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्ने आयोगले जनाएको छ ।
विज्ञापनको सामान्य तर्फको परीक्षा आगामी चैत्र २० गते सञ्चालन हुने आयोगले जानकारी दियो । परीक्षा आवेदन फाराम अनलाइनबाटै भर्नुपर्ने छ ।
आयोगले यसअघि नै माध्यमिक तहमा १ हजार ५ सय ४७ र निमावि तहमा २ हजार ५ सय ९८ पदका लागि विज्ञापन गरिसकेको छ ।
सम्बन्धित खबर
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
प्रतिभाकी करिना हिसान कास्कीको तत्स्थान कविता लेखन प्रतियोगितामा सर्वोत्कृष्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’