प्रेस चौतारी नेपालको नवौं केन्द्रीय महाधिवेशन पोखरामा हुने भएको छ । आगामी माघ २२ देखि २४ गतेसम्म पोखरामा पहिलो पटक महाधिवेशन आयोजना गर्ने निर्णय लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटि बैठकले गरेको हो । उपाध्यक्ष गणेश पाण्डेको संयोजकत्वमा मूल आयोजक समिति पनि गठन गरेको छ ।
केन्द्रीय कमिटीको बैठकमा चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन, प्रदेश र जिल्ला अधिवेशनको मिति तय, साङ्गठिनक र आर्थिक प्रतिवेदनलगायत विषयमा छलफल भएको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । जिल्ला अधिवेशन पुस २८ र २९, साथै प्रदेश अधिवेशन माघ ३–६, मा गर्ने निर्णय बैठकले गरेको छ ।
चौतारी सबै संगठनको मार्गनिर्देशक र सहयोगी बन्नुपर्छः ईञ्चार्ज गुरुङ
बैठकमा सम्बोधन गर्दै नेकपा (एमाले)का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी बलियो हुन जनवर्गीय सङ्गठन प्रभावकारी हुनुपर्नेमा बताएका छन्। लुम्बिनीमा मंगलबार सुरु भएको प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै चौतारीका ईञ्चार्ज समेत रहेका प्रचार विभाग प्रमुख गुरुङले एमालेका अन्य संगठनभन्दा प्रेस चौतारी अब्बल हुनुपर्ने धारणा राखेका हुन्।
‘पार्टीका २२ संगठन छन्। त्यसमध्ये म प्रेस चौतारीको इन्चार्ज छु। गुरुङले भने, ‘त्यस हैसियतले म प्रेस चौतारी अध्ययन, अनुसन्धानमा पोख्त हुनुपर्छ भन्ने चाहन्छु। प्रविधि प्रयोगमा यो संगठन अग्रणी हुनुपर्छ। अरू सबै संगठनभन्दा प्रेस चौतारी अब्बल हुनुपर्छ, सबै संगठनका लागि मार्गनिर्देशक र सहयोगी बन्नुपर्छ।’
गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने पनि बताए । उनले एमालेबाहेकका दल विचारविहीन रहेको टिप्पणी गरे । उनले कांग्रेस र माओवादी नीति, विचार र नेतृत्वमा कमजोर रहेको टिप्पणी गर्दै विधिको कुरा गरेर पार्टी विभाजन गरेका माधव नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रूपमा अग्रसर रहेको आरोप लगाए ।
एमालेलाई दक्षिणपन्थी अवसरवादबाट जोगाउनु मुख्य चुनौती रहेको गुरुङको भनाई छ । बैठकलाई सम्बोधन गर्दै एमाले नेता भानुभक्त ढकालले एमाले १०औँ महाधिवेशनपछि एकढिक्का भएर अगाडि बढेको बताए ।
राष्ट्रिय सभाका एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले सत्ता स्वार्थमा बनेको पाँच दलीय गठबन्धन धेरै दिन नटिक्ने बताए ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान