गण्डकन्यूज, पोखरा । लेकसाइड सेदीमा ठूलो प्रोजेक्टमा अत्याधुनिक व्यावसायिक मल ‘वाईयूके सुपरमार्केट’ बनिरहेको छ । निर्माणकार्य सम्पन्न नहुँदै आधा व्यवसायिक सटर बुकिङ भइसकेको सञ्चालक युवराज खतिवडाले जानकारी दिए ।
१५ करोड लगानीमा त्यस क्षेत्रकै ठूलो सुपरमार्केट सञ्चालन गर्न लागेका खतिवडाले आगामी वैशाख १ गतेसम्म भाडा छुट पनि दिइरहेका छन् । अहिले नै केही व्यवसायहरु सञ्चालन भइसकेको भन्दै खतिवडाले उनीहरुले निःशुल्क रुपमा अहिले व्यवसाय सञ्चालन गरिरहेको जनाए । ‘ईच्छुकले सम्पर्क गर्न सक्नुहुनेछ । २०७८ सालभर भाडा लाग्दैन । २०७९ वैशाख १ गतेदेखि भाडा लाग्ने हो । आफूले गर्ने व्यवसाय र उपलब्ध स्थान तयार भएपछि अहिल्यैदेखि व्यवसाय सञ्चालन गर्न सक्नुहुनेछ । भाडा लिने अब वैशाखदेखि मात्रै हो ।’ खतिवडा भन्छन् ।
उनल थपे– ‘सबैभन्दा फाइदा यो छ कि, उहाँहरुले जे विजेनेश गर्न चाहनुहुन्छ, यो पुस महिनाभित्र हो भने त्यसको डेकोरेशनका लागि सामान पनि हामी नै किनिदिन्छौं । माघ लागेपछि हाम्रो सम्झौता सकिने भएकाले यहाँ निर्माण कार्य गर्दैनौं । सामानहरु हामी निःशुल्क दिन्छौँ । यहाँ व्यवसाय सञ्चालन गरिसक्नुभएका, डेकोरेशन बनाइसक्नुभएकाहरुले लाभ लिइसक्नुभएको छ । लेवर चार्ज मात्र उहाँहरुले तिर्ने हो, मेटेरियल सबै हामी नै दिन्छौं ।’
निम्न र मध्यम स्तरका ग्राहक लक्षित बजारमा सबै स्तरका सेवाग्राही सन्तुष्ट हुने सञ्चालकको विश्वास छ । २०७९ को नयाँबर्षका दिन नै बजार उद्घाटन गर्ने लक्ष्य राखिएको छ । आफै निर्माण व्यवसायी खतिवडा आफ्नै वाई यू के कन्स्ट्रक्सन एण्ड सप्लायर्समार्फत निर्माण कार्यमा खटिइरहेका छन् ।
२० वर्षका लागि करिब १२ रोपनी जग्गा भाडामा लिएर खतिवडाले बजार सञ्चालनमा ल्याउन लागेका हुन् । ४ वटा बिल्डिङको ३ तला रहने भवनमा कूल ४ सय सटर रहने खतिवडाले बताए । ५ दर्जन हाराहारीमा व्यवसायी रहनेछन् ।
लेकसाइडको सेदी, खपौदी, पामेसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर गेष्ट हाउसदेखिको सबै सामान एकै ठाम पाउने गरी मार्केट सञ्चालनमा ल्याउन लागेको हो । यस बजारको मूख्य विशेषता नै सुलभ र सस्तो मूल्यमा सबै काम एक ठाम भन्ने छ । बजारमा सबै एक एक थरीका पसलहरु रहने उनले बताए । एक जनालाई दिएपछि अर्कोलाई नदिने र जुन प्रयोजनका लागि छुट्याएको सटर हो, त्यही व्यवसाय गर्नुपर्ने अनिवार्यता रहनेछ ।
यो बजारको प्रत्येक तला बाट फेवातालको मनोरम दृश्य अवलोकन गर्न सकिने सञ्चालक खतिवडा बताउँछन् । ‘अब लेकसाइडमा मात्र पर्यटक रोकिने अवस्था छैन । कोभिड भएर मात्रै, नत्र यतिबेला पामेसम्मैका रेष्टुरेन्ट/होटलहरु भरिन्थे । अब सेदी, खपौदी, पामे नै आन्तरिक तथा बाह्य पर्यटकको हब हो ।’ खतिवडाले भने ।
अगाडि र पछाडि भागमा गरेर ५ रोपनी क्षेत्रफलको फराकिलो पार्किङ क्षेत्र छुट्याइने उनले बताए । अहिले मेडिकल, स्टेशनरी, धराने सेकुवा, फ्रेस हाउस, फलफूलतरकारी, गेम हाउस र चाइनिज रेष्टुरेन्टको सटर बुक भइसकेको छ ।
मार्केटभित्र ज्येष्ठ नागरिक कक्ष, बाल उद्यान, जीम हल, रनिङ ट्रयाक समेत हुनेछन् । फ्रेस हाउस, तरकारी, डिपार्टमेन्टल स्टोर्स, रेष्टुरेन्ट, फेन्सी, थान्का, थकाली भान्सा लगायतका सटरहरु पनि रहने सञ्चालक खतिवडाले बताए । ईलेक्ट्रिकल आइटम्स, मोबाइल, ग्रोसरी शप, ब्युटिपार्लर, स्पा, वाइन सप, सुन पसल, सहकारी, पार्टस तथा मेसिनरी पसल, इञ्जिनियरिङ कन्सल्टेन्सी, ट्राभल एजेन्सी, किराना पसल, दोहोरी साँझ, डिस्को, बार, पुल एण्ड गेम हाउस, जिम एण्ड फिटनेस, क्लिनिक, भाडा पसल, फर्निचर शो रुम, होम डेकोर गरी नुनदेखि सुनसम्मका पसल हुनेछन् ।
खतिवडाका अनुसार बोरिङ पानी मार्केट हातामै तानिनेछ । त्यहाँका व्यवसायीलाई पानी शुल्क लाग्दैन । बिजुलीको मात्र तिरे पुग्छ । २५ हजारदेखि एक लाखसम्म भाडा तिर्ने गरी व्यवसायका लागि स्थान उपलब्ध गराइने उनले बताए । ५ सटर बराबरको २५ हजार भाडा कायम छ । अहिले बुक गर्दा ५ लाख बुझाउनुपर्नेछ ।
धादिङ स्थायी ठेगाना भएका खतिवडा पोखरामा मिनि मार्केट सञ्चालकका रुपमा उदाउँदा व्यवसायी हुन् । पोखरा पृथ्वीचोकको ‘पोखरा सस्तो बजार’, सिद्धार्थ चोकको ‘फेवा एग्रिकल्चर प्रालि’ र पस्र्याङको ‘वाईयूके मिनिमर्केट’ खतिवडाले नै संचालन गरेका हुन् ।
सम्बन्धित समाचारः
पोखराको सेदीमा १५ करोड लगानीमा अत्याधुनिक व्यवसायिक मल ‘वाईयूके सुपरमार्केट’ बन्दै
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’