मलामी बोकेको बस दुर्घटनाः सात जनाको मृत्यु

मलामी बोकेको बस दुर्घटनाः सात जनाको मृत्यु

accidient

पाल्पा । पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

आज बिहान बुटवलबाट मलामी बोकेर गुल्मीको रिडीका लागि छुटेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा दुर्घटना भएको हो ।

दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार ७ जना घाइतेलाई उपचारका लागि पाल्पा अस्पताल पठाइएको छ ।

३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट झरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds