स्याङ्गजाको भकुन्डेमा युवकको चक्कु प्रहारबाट १६ महिने बालकको मृत्यु

स्याङ्गजाको भकुन्डेमा युवकको चक्कु प्रहारबाट १६ महिने बालकको मृत्यु

chakku 1

स्याङ्गजा।  वालिङ नगरपालिका -१० भकुन्डेमा एक युवकले चक्कु प्रहार गरी बालकको हत्या गरेका छन्।

 बुधबार दिउँसो युवकको चक्कु प्रहारबाट १६ महिने बालकको उपचारका क्रममा ज्यान गएको स्याङ्गजाका डिएसपी तथा प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीले गण्डक न्युजलाई बताए। अधिकारीका अनुसार उक्त युवकको चक्कु प्रहारबाट बालककी ५ वर्षीया दिदी समेत घाइते भएकी छन्।

“हामीले चक्कु प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिइसकेका छौँ। उनी अन्दाजी ३० वर्षका छन्। अहिले घटनास्थलमा हाम्रो टोलि खटिएको छ, बाँकी कुरा अनुसन्धान पश्चात खुल्ला प्रवक्ता अधिकारीले गण्डक न्युजलाई भने।”

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds