पोखरा उद्योग वाणिज्य संघले आनन्द राज बतास समूहसँग जोडिएर विभिन्न सञ्चार माध्यममा आएका समाचार तथा सार्वजनिक टिप्पणीप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले बुधरबार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘नारायणहिटी दरबारमा रेष्टुराँ सञ्चालनेखि अन्य विभिन्न स्थानमा गरिएका व्यवसायिक गतिविधीहरु राज्यप्रदत्त व्यापार/व्यवसाय गर्न पाउने क्षेत्राधिकार भित्रै रहेर गरिएको घामजस्तै छर्लङग भएको समेत संघले जनाएको छ । राज्यले नै टेण्डर आह्वान गर्ने, सार्वजनिक निजी साझेदारी अनुरुप निजी क्षेत्रको लगानी खोज्ने र तोकिएका प्रावधान पुरा गर्दै लगानी गरिसकेपछि विभिन्न आरोप प्रत्यारोप लगाउँदै भाजो हाल्ने प्रवृति आफैमा विरोधापूर्ण र पूर्वाग्रहीबाट प्रेरित भएको समेत संघको ठम्याई छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बतास व्यक्ति होइन, व्यवसायी हो । अहिले भएको प्रहार व्यवसायी माथीकै प्रहार हो । लगानी गर्ने, रोजगारी सिर्जना गर्ने तथा राज्यलाई कर तिर्ने व्यवसायीहरुको मानमर्दन र चरित्र हत्या गर्ने प्रवृतिले लगानीको वातावरण बन्दैन भन्नेमा हामी सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चाहान्छौं ।’

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’