पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि विरुद्ध नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले पोखरामा विरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियु कास्कीले मोटरसाइकल र स्कुटर डोहोर्याउँदै विरोध प्रदर्शन गरेको हो ।
पोखराको मानव अधिकारचोकदेखि महेन्द्रपुलसम्म विद्यार्थीहरुले मोटरसाइकल र स्कुटर नचलाई डोहोर्याएका थिए । उनीहरुले स्कुटर र मोटरसाइकलका अगाडि ‘मूल्यवृद्धि फिर्ता गर’, ‘२४ लाख डोज खोप खै ?’ भन्ने प्लेकार्ड टाँसेका थिए ।
अनेरास्ववियु कास्कीका सहसंयोजक सन्तोष पोखरेलले परमादेशी सरकारले मुल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाउँदै सांकेतिक रुपमा अनेरास्ववियुले विरोध प्रदर्शन गरेको बताए ।
अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्र उपाध्याय ‘मन्नु’ले मुल्यवृद्धि विरुद्ध सांकेतिक रुपमा नाराबाजी र भाषण विना मोटरसाइकल र स्कुटर डोहोर्याएर विरोध प्रदर्शन गरेको जनाए । सरकारले जनताको ढाड सेक्ने काम छिटोभन्दा छिटो बन्द गर्न आग्रह गर्दै रचनात्मक रुपमा विरोध गरिएको उपाध्यायले बताए ।
नेपाल आयाल निगमले बुधबार साँझ पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गरेको छ । मूल्य वृद्धिसँगै अब पेट्रोलको प्रतिलिटर १३९ रुपैँया पुगेको छ भने डिजेल र मट्टितेल १२२ रुपैयाँ पुगेको छ । त्यस्तै, आन्तरिक हवाई इन्धनमा पाँच रुपैंया वृद्धि गरेको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ