मोरङको धनपालथान गाउँपालिका–७ को उखुबारीमा गाडिएका अवस्थामा भेटिएका दुवै शवको पहिचान खुलेको छ । उनीहरु दुई व्यक्ति एक अर्काको साथी रहेको खुलेको छ ।
उखुबारीमा गाडेको अवस्थामा प्रहरीले बुधबार राति एउटा र बिहीबार दिउँसो एउटा शव उत्खनन गरेको थियो । बिहीबार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको पहिचान खुलेको थियो । श्रेष्ठको पोष्टमार्टमपछि आफन्तले शुक्रबार नै सदगद गरेका थिए ।
तर अर्को एउटा शवको सनाखत भएको थिएन । अनुसन्धानको क्रममा अर्को शव सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाडौँ बस्ने शम्भु चौधरीको रहेको खुलेको प्रहरीले जनाएको छ । चौधरीको शव उनका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ । मृतकको शारिरीक बनावट र घटनास्थलमा भेटिएको कपडाका आधारमा आफन्तले शवको पहिचान गरेका हुन् ।
प्रहरीका अनुसार उनीहरु दुबै एकै समयमा सम्पर्कविहीन थिए । श्रेष्ठको सम्पर्कका आधारमा प्रहरी शम्भुको परिवारसम्म पुगेको थियो ।
उनीहरु दुवैजना जग्गा कारोबारमा संलग्न रहेको खुल्न आएको छ । उनीहरु दुवै जना गत मंसिर पहिलो साता काठमाडौँबाट पूर्वतर्फ लागेको बताइएको छ । कुनै लेनदेनमा विवाद भएर उनीहरुको एकैसाथ हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । थप तथ्य अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो