धादिङ्गमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु, परिचालक घाइते

धादिङ्गमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु, परिचालक घाइते

accident

धादिङ्गको धुनिबेशी नगरपालिका–९ बिसकिलोमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । परिचालक घाइते भएका छन् ।

काठमाडौंबाट खानीखोला तर्फ जाँदै गरेको बा ४ ख ११६२ नम्बरको ट्रिपर आज बिहान पौने ३ बजे दुर्घटना हुँदा चालक धुनिवेशी–८ भदौरेका ३२ बर्षीय राज कुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते भएका परिचालक काठमाडौंका २० बर्षीय सविन कुँवरलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ ।

ट्रिपर अनियन्त्रीत भई सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds