पोखरा । कास्कीकोटका आगलागी पीडित परिवारलाई पोखरा जेसीजले आर्थिक सहयोग गरेको छ । पोखरा २४, कास्कीकोटकी बिना थापाको घरमा आगलागीबाट पूर्ण क्षति पुगेकोमा जेसीजले पीडामा मल्हम लगाउने हेतुले २५ हजार नगद सहयोग प्रदान गरेको हो ।
‘कि मानवताको सेवा जीवनको सर्बोत्तम कार्य हो’ लाई मूल मन्त्र मानी पोखरा जेसिज बर्ष २०२२ ले गतिविधि अघि बढाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय कानुनी सल्लाहकार गोविन्दप्रसाद देवकोटाले आगलागीबाट सबै गुमाएको थापा परिवारमा थोरै भएपनि राहत हुने भएकाले सहयोग गरेकोमा पोखरा जेसीजप्रति आभार प्रकट गरे ।

पोखरा जेसिज बर्ष २०२२ का अध्यक्ष मिनराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा जेसिज अध्यक्ष २०२० जेसिआई सिनेटर शिव प्रसाद सापकोटासहित पोखरा जेसिजका करिब २० जना सदस्यहरुको उपस्थिति रहेको थियो ।
पोखरा जेसिजका सदस्यहरु, जन्मदिन पर्ने सदस्यहरु र अन्य बाह्य व्यक्तिहरु मार्फत रकम सङ्कलन गरी सहयोग हस्तान्तरण गरिएको पोखरा जेसीजले जनाएको छ । पोखरा जेसिजले व्यक्तिगत सहयोगसँगै सामुदायिक क्षेत्रमा पनि हरेक बर्ष रचनात्मक काम गरी जेसिज आस्था अनुरुपको कार्य गर्दै आएको छ ।

सामुदायिक विकास क्षेत्रका उपाध्यक्षसुदिप सापकोटाले स्वागत तथा संयोजन गरेको उक्त कार्यक्रमको संचालन महासचिव प्रकाश घिमिरेले गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’