पोखरा। आफूलाई यूएनको इन्जिनियर र राष्ट्र बैंकको कर्मचारी भन्दै यूएनमा जागिर लगाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
डोटी जिल्लाको सयल गाउँपालिका वडा नं -२ घर भएका २६ वर्षीय दिनेश सिंहलाई कास्की प्रहरीले इलाका प्रहरी कार्यालय रूपन्देहीसँगको समन्वयमा बुटवल उपमहानगरपालिका–९ मिलनचोकबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार उनले पोखराका ट्याक्सी चालक तथा अन्य व्यक्तिहरुलाई यूएनमा आकर्षक जागिर लगाईदिने भन्दै १८ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेका थिए। ठगीको उजूरी पश्चात अनुसन्धानमा खटिएको कास्की प्रहरीले सोमबार बिहान उनलाई पक्राउ गरी पोखरा ल्याएको हो।
प्रहरीका अनुसार उनले पोखराका बिनोद बि.क, होम बहादुर नेपाली, बुद्धी प्रसाद अधिकारी, स्याङ्गजा फेदीखोला गाउँपालिका -१ घर भइ हाल पोखरा -८ बस्दै आएका युके गुरुङ, पोखरा -५ रत्नचोक बस्ने ५६ वर्षीय युवराज पौडेल लगायतकालाई आकर्षक जागिर लगाइदिने भन्दै उक्त रकम ठगी गरेका थिए।
युवकले पीडित व्यक्तिहरुलाई प्रभावित तथा विश्वासमा पार्न बिभिन्न व्यक्तिहरूलाई फोन गरेको जस्तो बहाना गरी यूएनको गतिविधि तथा मिटिङको बारेमा फोनमा एक्लै कुरा गर्ने, पीडितको बैंक खाता खोल्ने लगायतका कार्यमा सहयोग गर्ने र पीडितहरूलाई कपडा, जुत्ता किनिदिनुका साथै होटलमा खाने बस्नेको व्यवस्था समेत मिलाउदै आएका थिए ।
यस्तो छ उनको अराधिक कार्यविधी !
- यूएनको कर्मचारी भनी बताउने । सोही अनुसार रहनसहन देखाउने ।
- पीडित व्यक्तिको छनौट गर्दा ट्याक्सी चालक तथा नीजि कार चालकहरू निशानामा।
- ठगिने व्यक्तिलाई नै होटल खोज्न लगाउने ।
- ठगिने व्यक्तिलाई नै सिम कार्ड निकाल्न लगाउने ।
- पीडितहरूलाई विश्वास दिलाउन बिभिन्न व्यक्तिहरूलाई फोन गरेको जस्तोबहाना गरी यूएनसँग सम्बन्धित गतिविधि तथा मिटिङको बारेमा फोनमा एक्लै कुरा गर्ने ।
- पीडितको बैंक खाता खोल्न लगायतका कार्यमा सहयोग गर्ने ।
- पीडितहरूलाई कपडा, जुत्ता किनिदिने, बस्ने, खाने व्यवस्था मिलाइदिने ।
- आर्थिक कारोबार सकिए पश्चात मोबाईल र सिम कार्ड डिस्पोज गरिदिने ।
- यात्रा गर्दा पीडितको नागरिकताको दुरूपयोग गरी उनिहरूको नाममा रजिष्ट्रेशन भर्ने।
उनीमाथि महानगरीय प्रहरी परीसर महाराजगञ्ज काठमाण्डौ, मकवानपुर, चितवन, ललितपुर, बाजुरा र धनगढी जिल्लामा उजुरी परेकाे थियाे । हालसम्म उनीविरुद्ध १६ वटा ठगीका निवेदन परेको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट १ थान ल्याप्टप, २ थान मोबाइल, पहेलो रंगको १ थान सिक्री, १ थान औँठी, विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, बिभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँ बरामद गरेको छ।
उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर अन्तर्गत सात दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’