पोखराका अधिवक्ता कमल प्रसाद अर्याल पक्राउ परेका छन् । कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अर्याललाई मंगलबार पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ । ठगी आरोपमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको जनाइएको छ ।
अहिले उनी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको चर्चित भैँसी चोरी काण्डमा उनले रकम लिएको आरोप लागेको छ । गाउँपालिकाको न्यायिक समितिले गरेको भैंसी चोरी सम्बन्धी मुद्दामा न्यायाधीशलाई खुसी पारेर मिलाइदिने भन्दै पक्षबाट रकम लिएको आरोप लागेको अर्यालमाथि छ ।
अधिवक्ता अर्याल पोखरा महानगरपालिकाका कानुनी सल्लाहकारका रुपमा कार्यरत रहँदै आएका थिए ।
मेयरले गरे पदमुक्त
यसैबीच, मेयर मानबहादुर जिसीले कानुनी सल्लाहकारबाट अर्याललाई भर्खरै पदमुक्त गरेका छन् । मंगलबार राति १० बजेपछि फेसबुकबाटै मेयर जिसीले अर्याललाई पदमुक्त गरेको सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन्– ‘महानगरको कानुनी सल्लाहकार अधिवक्ता कमल प्रसाद अर्यालको बारेमा आएका समाचारहरु प्रति ध्यानाकर्षण भएको छ । घटनाको सत्य तथ्य छानविनको लागि प्रशासन समक्ष अनुरोध गर्दै घटनाको छानविनमा असहज परिस्थिति सृजना नहोस भन्नको लागि निज अर्याललाइ कानुनी सल्लाहकारको जिम्मेवारीबाट पदमुक्त गरिएको व्यहोरा जानकारी गराउँदछु ।’
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’